११ वैशाख, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । साताको दोश्रो दिन सुनको मूल्य प्रतितोला २०० रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार छापावाल सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आइबारको तुलनामा २० रूपैयाँ सस्तिँदै चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार