Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

तनहुँमा सकियो मतदान


१० वैशाख, तनहुँ । तनहुँ–१ मा भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। क्षेत्र नम्बर १ अन्तर्गतका पाँच वटा पालिकामा ६९ मतदानस्थलका १५२ मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो। ‘‘सबै मतदान केन्द्रमा शान्तपूर्ण रूपमा निर्वाचन पुरा भएको मतपेटिका ल्याउने तयारी भइरहेको छ’’ रिजालले भने।

प्रारम्भिक जानकारी अनुसार ५२ प्रतिशत भन्दा बढी मतदान भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए। तथ्याङ्क अपडेट भइरहेकोले घटबढ हुनसक्ने उनको भनाइ छ।

हाल मतपेटिका गणनास्थल दमौलीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा ल्याउने तयारी भइरहेको छ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?