Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

बाफलको गार्मेन्टमा आगलागी : शरीरको एक भाग जलेको अवस्थामा व्यक्ति फेला


१० वैशाख, काठमाडाैँ । काठमाडौंको बाफलस्थित एक गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको दाहिने खुट्टाको पैतलाको भाग जलेको अवस्थामा फेला फेला परेको छ । शनिबार राति ९ः३० बजे काठमाडौं महानगरपालिका–१३ बाफलचोक नजिक नारायणी पेट्रोल पम्प पछाडि श्यामकृष्ण महर्जनको दुई तल्ले टिनको टहरामा रहेको गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको शरीरको उक्त भाग जलेको अवस्थामा फेला परेको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले मकवानपुरका निश्चल अग्रवालले सञ्चालन गरेको गार्मेन्ट उद्योगमा आगलागी पश्चात् प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । आगलागी नियन्त्रणमा लिएसँगै गार्मेन्टमा रहेका कपडा, उपकरणलगायत सामग्री जलेर नष्ट भएको छ भने मानिसको शरीरको दाहिने खुट्टाजस्तो देखिने पैतलाको भाग जलेको अवस्थामा फेला परेको बताए ।

उक्त जलेको भागलाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । सोही कारखानामा चालकको रूपमा काम गर्ने दोलखाका २० वर्षीय भूपेन्द्र बस्नेत भने सम्पर्कविहीन भएको बताइएको छ । आगलागी के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको र आगलागीको क्षतिसमेत सङ्कलन भइरहेको उनले जानकारी दिए ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?