Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

कृष्णभूषण बल सिर्जना पुरस्कार कवि अधिकारीसहित तीन स्रष्टालाई


कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई तीसको दशकदेखि नेपाली साहित्यमा कविता र गीत विधामा पुर्याउनुभएको योगदानका लागि कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ ।

पुरस्कार राशि रु ५० हजार र सम्मानपत्र छ । प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान कवि सुधा एम राई (सिक्किम) र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि रोशन परियारलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली कविता विधामा दिएका योगदानका लागि कवि राई र युवाकवि परियारलाई ती पुरस्कार सम्मान प्रदान गर्न लागिएको हो । सम्मान र पुरस्कारको राशि जनही क्रमशः रु पन्ध्र हजार र एघार हजार छ । प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बल, अध्यक्ष प्रा डा टङ्कप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

पुरस्कार आगामी फागुन २० गते विराटनगरमा समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।


प्रकाशित मिति: ३० पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?