Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कृष्णभूषण बल सिर्जना पुरस्कार कवि अधिकारीसहित तीन स्रष्टालाई


कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई तीसको दशकदेखि नेपाली साहित्यमा कविता र गीत विधामा पुर्याउनुभएको योगदानका लागि कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ ।

पुरस्कार राशि रु ५० हजार र सम्मानपत्र छ । प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान कवि सुधा एम राई (सिक्किम) र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि रोशन परियारलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली कविता विधामा दिएका योगदानका लागि कवि राई र युवाकवि परियारलाई ती पुरस्कार सम्मान प्रदान गर्न लागिएको हो । सम्मान र पुरस्कारको राशि जनही क्रमशः रु पन्ध्र हजार र एघार हजार छ । प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बल, अध्यक्ष प्रा डा टङ्कप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

पुरस्कार आगामी फागुन २० गते विराटनगरमा समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।


प्रकाशित मिति: ३० पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?