Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

अहिले पनि हामी सिंहदरबारको सोचबाट मुक्त हुन सकेका छैनौं : प्रधानमन्त्री प्रचण्ड


९ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा तीन तहको सरकार भए पनि केन्द्रीकृत सिंहदरबारको मानसिकता परिवर्तन हुन नसकेको बताएका छन् । काठमाडौंको गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको ‘बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’मा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

आर्थिक परिसंवादका प्रमुख अतिथि समेत रहेका प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान समाजवाद र पुँजीवादका राम्रा कुरा मिलाएर बनाएको संविधान भएको बताए ।

‘आम जनतालाई आर्थिक र राजनीतिक क्रियकलापमा कसरी संलग्न गराउन सकिन्छ भनेर तीन तहको सरकार बनाइएको हो, तर, अहिले पनि हामी सिंहदरबारको सोचबाट मुक्त हुन सकेका छैनौं,’ उनले भने ।

यस्तै उनले नवउदारवाद र समाजवादका कुरा गर्दागर्दै पनि आम नेपालीको सोचमा कहीँ न कहीँ स्पष्टताको अभाव रहेको उनको भनाइ छ । उनले नेपालको आर्थिक, सामाजिक, दार्शिनीक अध्ययन नगरी विदेशी नीति पछ्याउने क्रम चलेको भन्दै यो उचित नहुने बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मान्यताहरुका अध्ययन गर्नै पर्ने भए पनि नेपालका लागि आवश्यक नीतिलाई प्राथमिकतामा राख्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

‘हामी विदेशीले विकास गरेका, दर्शन सिद्धान्तको अनुकरण गर्ने र नपाली मान्यता गलत हो भन्ने धारणाबाट उन्मुक्त हुनुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले बिचार सिद्धान्त, राजनीति मूल्य र मान्यताको कुरा हराउँदै गएको बताए । उनले नेपालमा उपभोक्तावाद र तत्काल नाफा नोक्सानतिर अघि बढ्दा राष्ट्र जनता र आम जनताको हित प्रथामिकतामा नपरेको जिकिर गर्दै उनले देशमा जनता र समाजको हित भन्दा तत्कालीन विषय र नाफानोक्सान प्राथामिकतामा परेको बताए ।

प्रधानमन्त्री प्रचण्डले राजनीतिमा पनि आवेग र सेन्टीमन्ट तिर चिजहरु जाने हो कि भन्ने खतरा देखा परेको उल्लेख गरे ।

‘हाम्रो सोचमा स्पष्टताको अभाव छ । हामी जाने कुन बाटो नेपाली बाटो अन्तर्राष्ट्रिय क्षेत्रमा भएका विचार दर्शन मूलइ मान्यता अध्यनन त गर्ने पर्छ । तर, सबैभन्दा बढी नेपालको मौलिकामा ध्यान केन्द्रीत नगरि विदेशमुखी भएका छौं,’ उनले भने । उनले विदेशी राम्रो नेपाली नराम्रो भन्ने भ्रमयुक्त विषयबाट मुक्त हुनुपर्ने बताए । अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि ढुक्क हुने अवस्था भने नभएको उनको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै क्षेत्रको सामूहीक प्रयासले बैंकको व्याजदर घट्न थालेको बताए । विभिन्न निकायसँग लगातार अन्तरक्रिया गर्दा व्याजदर घटाउनमात्र होइन राजश्व संकलन बढाउन र मुद्राको सञ्चिती बढ्दै गएको बताए ।

‘सामूहीक प्रयासले बैंकको व्याजदर घटन थालेका छ । राजस्व संकलन विस्तारै बढ्न थालेको छ, ‘ उनले भने,’विदेशी मुद्राको सञ्चिति सन्तोषजनक ढंगले अघि बढ्दै गएको छ । शिक्षा स्वास्थ्य क्षेत्रमा देखिएको समस्या विस्तारै समाधान हुँदै गएको छ ।’

प्रधानमन्त्री प्रचण्डले यतिहुँदा पनि अर्थतन्त्रले गुणात्मक ढंगले सकारात्मक दिशा लिन नसकेको र नेपाली मौलिक बाटो पकड्यो भनने अवस्थमा नपुगिसकेको बताए ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?