Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

विमानस्थलबाट करोडौँको सुन चोरी


९ वैशाख, एजेन्सी । टोरन्टो पियर्सन अन्तरराष्ट्रिय विमानस्थलबाट करोडौँको सुन चोरी भएको छ । सुन र बहुमूल्य वस्तु राखिएको कार्गो कन्टेनरबाट सुन र अन्य सामग्री चोरिएको अधिकारीहरूले बताएका छन् ।

कार्गो कन्टेनरबाट दुई करोड क्यानेडियन डलर बराबरको सुनका साथै अन्य बहुमूल्य सामग्री चोरी भएको पुष्टि गर्दै प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

गत सोमबार साँझ विमानबाट मालसामान उतारेपछि कार्गो गरिएको बहुमूल्य वस्तु हराएका क्षेत्रीय प्रहरी निरीक्षक स्टेफिन डुवेस्टेनले बताएका छन् । उनले अनुसन्धान थालिएको बताउँदै दोषीलाई चाँडै कानुनको दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यद्यपि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।

कार्गो गरेर सुन ढुवानी गर्ने विमानको उद्गमस्थल तथा उक्त कार्गोको अन्तिम गन्तव्यबारे केही खुलाइएको छैन । क्यानडमा चोरीका यस्ता घटना विरलै हुनेगरेका छन् ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?