Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

प्रदेश नं १ मा तीन मन्त्रीको शपथ


प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई कार्य विभाजनपछि तोकिने गरी मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराइएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा यही पुस २५ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

शपथग्रहण समारोहमा मुख्यमन्त्री कार्की, प्रदेशसभाका सभामुख बाबुराम गौतम, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २९ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?