Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

प्रदेश नं १ मा तीन मन्त्रीको शपथ


प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई कार्य विभाजनपछि तोकिने गरी मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराइएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा यही पुस २५ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

शपथग्रहण समारोहमा मुख्यमन्त्री कार्की, प्रदेशसभाका सभामुख बाबुराम गौतम, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २९ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?