Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

समालोचना सम्मान अनुवादक राकेशलाई समर्पण गरिने


शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा समालोचना सम्मान, २०७९’ साहित्यकार तथा अनुवादक डा रामदयाल राकेशलाई समर्पण गर्ने भएको छ ।

उहाँ नेपाली, हिन्दी, मैथिली र अङ्ग्रेजी भाषाका समालोचक हुनुहुन्छ । समालोचना विधामा ‘नेपाली कविता विभिन्न आयाम’, ‘नेपाली साहित्य विभिन्न आयाम’, ‘नेपाली समालोचना विभिन्न आयाम’ जस्ता पुस्तक लेखी प्रकाशन गराउनाका साथै नेपाली र मैथिलीभाषी साहित्यलाई हिन्दी एवं अङ्ग्रेजी भाषी पाठकसमक्ष प्रस्तुत गरेर विशिष्ट योगदान गर्नुभएको छ । राकेशले नेपाली साहित्य क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान समर्पण गर्ने निर्णय गरिएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभयो । लेखक लालानाथ सुवेदी र उहाँको परिवारले आफ्ना मातापिता पद्मकला–भीमप्रसाद सुवेदीको स्मृति तथा सम्मानमा यो पुरस्कार व्यवस्था गरिदिनुभएको हो ।

अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गरिन्छ । पुरस्कारको राशि रु पाँच हजार नगद दोसल्ला र सम्मानपत्र रहेको उहाँले बताउनुभयो ।


प्रकाशित मिति: २९ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?