Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

समालोचना सम्मान अनुवादक राकेशलाई समर्पण गरिने


शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा समालोचना सम्मान, २०७९’ साहित्यकार तथा अनुवादक डा रामदयाल राकेशलाई समर्पण गर्ने भएको छ ।

उहाँ नेपाली, हिन्दी, मैथिली र अङ्ग्रेजी भाषाका समालोचक हुनुहुन्छ । समालोचना विधामा ‘नेपाली कविता विभिन्न आयाम’, ‘नेपाली साहित्य विभिन्न आयाम’, ‘नेपाली समालोचना विभिन्न आयाम’ जस्ता पुस्तक लेखी प्रकाशन गराउनाका साथै नेपाली र मैथिलीभाषी साहित्यलाई हिन्दी एवं अङ्ग्रेजी भाषी पाठकसमक्ष प्रस्तुत गरेर विशिष्ट योगदान गर्नुभएको छ । राकेशले नेपाली साहित्य क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान समर्पण गर्ने निर्णय गरिएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभयो । लेखक लालानाथ सुवेदी र उहाँको परिवारले आफ्ना मातापिता पद्मकला–भीमप्रसाद सुवेदीको स्मृति तथा सम्मानमा यो पुरस्कार व्यवस्था गरिदिनुभएको हो ।

अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गरिन्छ । पुरस्कारको राशि रु पाँच हजार नगद दोसल्ला र सम्मानपत्र रहेको उहाँले बताउनुभयो ।


प्रकाशित मिति: २९ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?