Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

उपनिर्वाचन : तनहुँका सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगे


८ वैशाख, तनहुँ । यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिएका हुन् । निर्वाचनमा खटिने मतदान र सहायक मतदान अधिकृतलाई तालिम दिएपश्चात् आज सबै केन्द्रमा सामग्री दिएर खटाइसकिएको निर्वाचन कार्यालय कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार दमौली आसपासका केही मतदान केन्द्र बाहेक सबै मतदान केन्द्रमा मतपत्र पनि पुगिसकेको छ । “दमौली बजारकै केही मतदान केन्द्रमा आज मतपत्र लैजानुहुन्छ, अन्यत्र सबै ठाउँमा पुगिसक्यो,” उनले भने ।

प्रमुख ढकालका अनुसार प्रतिमतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइएको छ । मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माणलगायतका काम हुनेछन् । उपनिर्वाचनका लागि सात सय ६० कर्मचारी परिचालन गरिएको छ ।

उपनिर्वाचनका लागि विसं २०८० वैशाख ९ गतेसम्म १८ वर्ष पूरा हुने एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ ।

उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् । भानुको १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन् । भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र छन् । त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ । देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन् । देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन् । आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन् । बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन् । बन्दीपुरमा ११ मतदानस्थल र २२ मतदान केन्द्र छन् ।

व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता कायम भएका छन् । व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन् ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?