Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

स्वर्णीमलाई लक्षित गर्दै विश्वप्रकाशले भने- कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से


७ वैशाख, तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर लिनेहरु नै अहिले कांग्रेसलाई भुलेको आरोप लगाए ।

“कांग्रेसबाट अवसर लिएकाहरुले नै आज कांग्रेसले के दियो भन्ने गरेको सुनिँदै आएको छ, आज मातातीर्थ औँसी पनि हो, जसले पहिचान र अवसर दियो त्यो पनि आमा सरह नै हो,” महामन्त्री शर्माले भने ।

महामन्त्री शर्माले आमालाई एक दिनमात्र नभइ सधैँ सम्मान गर्नुपर्ने बताए । “एकदिन सम्मान गरी फोटो खिचाउँदैमा आमाप्रति सम्मान हुँदैन, आमा त भगवान हुन् सधैँ सम्मान गर्नुपर्छ,” शर्माले भने ।

महामन्त्री शर्माले गोविन्द भट्टराईले तनहुँ छाडेर अन्यत्रबाट पनि टिकट पाउँदा विगतमा अन्य क्षेत्र जान नमानेको चर्चा गर्दै भने, “उहाँलाई अन्यत्रबाट पनि चुनाव लड्न आग्रह गरिएको हो, तर उहाँले जन्मभूमि छाडेर अन्यत्र जान्न, जहिले टिकट पाउँछु त्यहीबेला लड्छु भनेर बस्नुभएको हो । उहाँमा मातृभूमिप्रति सम्मान छ ।”

महामन्त्री शर्माले संसद् नहुँदा पनि भट्टराईले यहाँका जनताका लागि धेरै काम गरेको चर्चा गर्दै अब संसद्मा पुर्याएर उहाँमा विकासप्रतिको काम गर्ने चाहनालाई पूरा गर्ने बेला आएको बताए ।

सो अवसरमा उम्मेदवार भट्टराईले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए संसद्मा आमा, दिदीबहिनीको हकहितका लागि आवाज उठाउने प्रतिबद्धता जनाए । भट्टराई आफ्नो जन्मभूमिको सेवाका लागि सदैव क्रियाशील रहने बताउँदै उहाँले एकपटक काम गर्ने अवसर प्रदान गर्न आग्रह गरे ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?