Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

सुडान झडपमा मृत्यु हुनेको सङ्ख्या १७४ पुग्यो


६ वैशाख, एजेन्सी । सुडानी सेना र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच जारी झडपमा परी मृत्यु हुनेको सङ्ख्या १७४ पुगेको सुडानी चिकित्सकहरूको गैरसरकारी केन्द्रीय समितिले बुधबार जनाएको छ ।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युद्धविरामको घोषणा गरिए पनि मङ्गलबार भएको झडपमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ । सुडानको राजधानी खार्तूमको मध्य भागमा रहेको सेनाको जनरल कमाण्ड नजिकै बुधबार पनि हिंसात्मक विष्फोट हुँदा झडप जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सुडानी सेनाले आरएसएफको नयाँ आक्रमणको प्रतिकार गरिरहेको बुधबार पुष्टि गरेको छ । सुडानी सेनाका प्रवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शत्रुले ठूलो जनधनको क्षति बेहोर्नुका साथै थुप्रै लडाकू सवारी साधन नष्ट गरेको छ ।”

प्रत्यक्षदर्शीका अनुसार खार्तूम विमानस्थलमा इन्धन ट्याङ्की विस्फोट हुँदा ठूलो धुवाँको मुस्लोले ढाकेको थियो । खार्तूमको उत्तरमा रहेको कफौरी क्षेत्रमा रहेको आरएसएफ क्याम्पमा बुधबार बिहान पनि हिंसात्मक झडप भएको थियो ।

दुवै पक्षले मङ्गलबार अन्तर्राष्ट्रिय पक्षले प्रस्ताव गरेको २४ घण्टे मानवीय युद्धविरामका लागि प्रतिबद्धता जनाए पनि देशमा अझै पनि लडाइँ जारी छ ।

सुडानमा गत अप्रिल १५ देखि खार्तूम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीच सशस्त्र झडप भइरहेको छ र दुवै पक्षले एकअर्कालाई द्वन्द्व सुरु गरेको आरोप लगाउँदै आएका छन् ।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?