Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

राष्ट्रपतिले नेपालमै उपचार गराउन चाहनुभएको थियो: प्रधानमन्त्री प्रचण्ड


६ वैशाख, तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमै उपचार गराउन चाहेको बताएका छन् ।

बुधबार तनहुँमा आयोजित चुनावी सभामा बोल्दै उनले स्वास्थ्यबारे डाक्टरहरूको निर्णय मान्नुपर्ने भएकोले राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगिएको बताएका छन् ।

उनले भने, ‘राष्ट्रपति अलिकति अस्वस्थ्य हुनुभएको पक्कै हो, तर गम्भीर होइन । धेरै चिन्ता गर्नुपर्ने स्थिति छैन । सुधार हुँदैछ ।’

राष्ट्रपतिले आफ्नो उपचार स्वदेशमै गर्न चाहेको बताउँदै प्रचण्डले भने, ‘उहाँले त यहीँ उपचार गर्न पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो । हामीले पनि छलफल गरियो । राजनीतिबारे निर्णय त हामीले गर्ने हो तर उपचारबारे त डाक्टरहरूले जे भन्छन् त्यही मान्ने हो भनेर मैले उहाँलाई भनेको थिएँ। डाक्टरहरूले भनेपछि मात्र उहाँ उपचारका लागि भारत जान मान्नुभएको थियो ।’


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?