Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

राष्ट्रपतिले नेपालमै उपचार गराउन चाहनुभएको थियो: प्रधानमन्त्री प्रचण्ड


६ वैशाख, तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमै उपचार गराउन चाहेको बताएका छन् ।

बुधबार तनहुँमा आयोजित चुनावी सभामा बोल्दै उनले स्वास्थ्यबारे डाक्टरहरूको निर्णय मान्नुपर्ने भएकोले राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगिएको बताएका छन् ।

उनले भने, ‘राष्ट्रपति अलिकति अस्वस्थ्य हुनुभएको पक्कै हो, तर गम्भीर होइन । धेरै चिन्ता गर्नुपर्ने स्थिति छैन । सुधार हुँदैछ ।’

राष्ट्रपतिले आफ्नो उपचार स्वदेशमै गर्न चाहेको बताउँदै प्रचण्डले भने, ‘उहाँले त यहीँ उपचार गर्न पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो । हामीले पनि छलफल गरियो । राजनीतिबारे निर्णय त हामीले गर्ने हो तर उपचारबारे त डाक्टरहरूले जे भन्छन् त्यही मान्ने हो भनेर मैले उहाँलाई भनेको थिएँ। डाक्टरहरूले भनेपछि मात्र उहाँ उपचारका लागि भारत जान मान्नुभएको थियो ।’


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?