Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

संसदमा उदयको प्रश्न : श्वास फेर्नै गाह्रो भयो, वायू प्रदुषण नियन्त्रण गर्न सरकारको योजना के छ ?


६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता उदय शम्शेर जवराले काठमाडौं उपत्यकामा पछिल्ला दिनमा बढेको उच्च वायू प्रदुषणले श्वास फेर्नै गाह्रो भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले वायू प्रदुषण नियन्त्रणका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरे ।

‘काठमाडौं उपत्यकामा वायू प्रदुषण उच्च हुँदा श्वास फेर्न नै गाह्रो भइरहेको छ । प्रत्येक वर्ष यो मौसममा वायू प्रदुषण हुने गरेको छ,’ उनले भने, ‘एउटा त जंगलमा हुने डढेलोका कारण वायू प्रदुषण हुने गरेको छ भने अर्काे कुरा, काठमाडौंका सडक विस्तारका कामहरु सुस्त गतिमा हुँदा पनि धुलो उड्ने र त्यसले वायू प्रदुषण हुन्छ साथै पुराना सवारी साधन पनि अर्काे कारण हो । म सरकारलाई वायू प्रदुषण नियन्त्रणका लागि तत्कालीन र दीर्घकालीन योजनाहरु के छन्, सदनलाई जानकारी गराउन माग गर्दछु ।’

वायू प्रदुषणका कारण मानवस्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकहरुको भनाई छ । केहि दिनअघि काठमाडौं वायू प्रदुषण हुने शहरमध्ये विश्वकै पहिलो नम्बरमा थियो ।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?