Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

संसदमा उदयको प्रश्न : श्वास फेर्नै गाह्रो भयो, वायू प्रदुषण नियन्त्रण गर्न सरकारको योजना के छ ?


६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता उदय शम्शेर जवराले काठमाडौं उपत्यकामा पछिल्ला दिनमा बढेको उच्च वायू प्रदुषणले श्वास फेर्नै गाह्रो भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले वायू प्रदुषण नियन्त्रणका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरे ।

‘काठमाडौं उपत्यकामा वायू प्रदुषण उच्च हुँदा श्वास फेर्न नै गाह्रो भइरहेको छ । प्रत्येक वर्ष यो मौसममा वायू प्रदुषण हुने गरेको छ,’ उनले भने, ‘एउटा त जंगलमा हुने डढेलोका कारण वायू प्रदुषण हुने गरेको छ भने अर्काे कुरा, काठमाडौंका सडक विस्तारका कामहरु सुस्त गतिमा हुँदा पनि धुलो उड्ने र त्यसले वायू प्रदुषण हुन्छ साथै पुराना सवारी साधन पनि अर्काे कारण हो । म सरकारलाई वायू प्रदुषण नियन्त्रणका लागि तत्कालीन र दीर्घकालीन योजनाहरु के छन्, सदनलाई जानकारी गराउन माग गर्दछु ।’

वायू प्रदुषणका कारण मानवस्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकहरुको भनाई छ । केहि दिनअघि काठमाडौं वायू प्रदुषण हुने शहरमध्ये विश्वकै पहिलो नम्बरमा थियो ।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?