Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

रामेछापमा मरेकालाई पनि सामाजिक सुरक्षा भत्ता


५ वैशाख ,मन्थली । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले आफ्नो पालिकाका मसिरकेका ज्येष्ठ नागकिलाई पनि सामाजिक सुरक्षा भत्ता दिएको पाइएको छ ।

महालेखापरीक्षकको कार्यालयले भर्खरै सार्वजनिक गरेको लेखा परीक्षणको प्रतवेदनमा उक्त गाउँपालिकाका कतिपय वडाले मरेका ज्येष्ठ नागरिकलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको कुराको तथ्य खुलेको हो ।

कानूनतः सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा वा त्यस्तो व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउन योग्य नभएमा निजको नाम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको अभिलेखबाट हटाउनुपर्ने उल्लेख गरिएको छ ।

महालेखा परीक्षकले लेखापरीक्षणका क्रममा वडा नम्बर ३ र वडा नम्बर ७ को मृत्यु दर्ताको अभिलेख र वडा नम्बर २ को लगत कट्टाको अभिलेख परीक्षण गर्दा मृत्यु भइसकेका लाभग्राहीको नाममा मृत्युपछि पनि निजको परिवारका सदस्यले सामाजिक सुरक्षा भत्ता नियमितरूपमा बुझ्दै आएको पाइएपछि उक्त घटना बाहिरिएको हो ।

उक्त विवरणका आधारमा महालेखा परीक्षकको कार्यालयले मरेको मितिभन्दा पछि कसैलाई पनि सामाजिक भत्ता दिन नमिल्ने भएकाले सम्बन्धित पक्षसँग उक्त रकम असुल उपर गरी सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने कुरा पनि उल्लेख गरेको छ ।

यसबारेमा पालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत उज्ज्वल पाठकसँग सम्पर्क गर्दा उनले गत वर्ष वडा सचिव पनि नयाँ भएको र सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा केही कमजोरी हुन गएको स्वीकार गरे । उनले भने, “कार्यालयले केही व्यक्तिको लगत कट्टा गराउन छुटाए वापत त्यसो भएको र भत्ता बुझेसँगै सरोकारवाला व्यक्तिले मृत्यु दर्ताको प्रक्रिया पूरा गरिसकेको छ, अब मृत्यु भएपश्चात लिएको रकम फिर्ता हुन्छ र आइन्दा यस्तो घटना दोहोरिँदैन ।”


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?