Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

कोरोना संक्रमणबाट एकै दिन २ जनाको मृत्यु


५ वैशाख, काठमाडाैँ । देशभर १७१ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट १७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ  ।

पछिल्लो २४ घण्टामा २२९२ जनाको नमुना परीक्षण गरिएकाेमा पिसिआर विधिबाट १०५ तथा एन्टिजेन विधिबाट ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो अपडेटसहित देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३९७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु समेत भएको छ । देशभर अहिलेसम्म कोरोना संक्रमणबाट १२ हजार २५ जनाको मृत्यु भएको सरकारको तथ्याङ्क छ ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?