Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण


कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज अपराह्न ४ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १७२ बमोजिम नवनियुक्त मुख्यमन्त्री शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

मुख्यमन्त्रीले शपथ लिएसँगै उहाँको नेतृत्वमा गठित तीन सदस्यीय मन्त्रिपरिषद् सदस्यमा नियुक्त मन्त्री मङ्गलबहादुर शाही र विनोदकुमार शाहले पनि प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको बुधबार बसेको बैठकबाट दुवै दलले आधा÷आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने, मुख्यमन्त्रीसहित चार मन्त्रालय माओवादी तथा तीन मन्त्रालय एमालेले लिने र आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा एउटा घटाएर सात मन्त्रालय कायम गर्ने सहमति भएको थियो ।


प्रकाशित मिति: २८ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?