Trending
>>   रिजनले पाए ओमोडाको कारः रिजन उत्कृष्ट बलर र लोकेश उत्कृट ब्याटर >>   सुदूरपश्चिमको पोल्टामा एनपीएलको उपाधि >>   दिल्लीको ठाउँ-ठाउँमा फहराइए नेपाल–भारतका झण्डा >>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ >>   पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव >>   मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त >>   असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंश गरेर देश चल्दैनः प्रदीप ज्ञवाली >>   शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल >>   ६० दिनभित्र चलचित्रसम्बन्धी विधेयक पारित हुन्छः बोर्ड अध्यक्ष पण्डित >>   राष्ट्रपतिमाथि ओलीको प्रहार :डराएर संसद् विघटन गर्ने राष्ट्रपतिले लोकतन्त्र जोगाएको भन्न मिल्छ ?
Logo
५ मंसिर २०८३, शनिबार
५ मंसिर २०८३, शनिबार

सुदूरपश्चिमको पोल्टामा एनपीएलको उपाधि


काठमाडौं । ओपनर जर्ज मुन्सेको आक्रामक शतक प्रेरणमा सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि उचालेको छ । पछिल्ला दुई सिजनका फाइनलमा क्रमशः जनकपुर बोल्ट्स र लुम्बिनी लायन्ससँग पराजित हुँदा सुदूरपश्चिम उपाधि विमुख भएको थियो ।

कीर्तिपुरमा शनिवार भएको तेस्रो सिजनको फाइनलमा सुदूरपश्चिमले लुम्बिनीमाथि १० विकेटको रबाफिलो जित रच्दै तेस्रो प्रयासमा उपाधि उचाल्यो । साथै सुदूरपश्चिमले गत सिजनको फाइनलमा व्यहोरेको हारको बदला पनि लियो । ओपनर मुन्सेले १२५ रनको अविजित इनिङ खेले । अर्का ओपनर विनोद भण्डारीले २७ बलमा ३० रन जोडे । त्रिवि क्रिकेट स्टेडियममा लुम्बिनीले १५६ रनको लक्ष्य दियो । तर सुदूरपश्चिमले १३।३ ओभरमै बिनाविकेट लक्ष्य पूरा ग¥यो । ओपनरद्वय मुन्से र विनोदबीच १५८ रनको अविजित साझेदारी बन्यो । मुन्सेले ५४ बलमा ८ चौका र १२ छक्का हिर्काए । विनोदको इनिङमा तीन चौका रह्यो । विनोदले मुन्सेलाई साथ दिँदै ३९ बलअगावै जित दिलाउन मद्दत गरे ।

मुन्सेले ४९ बलमै शतक बनाए । अघिल्ला दुई खेलमा चल्न नसकेका स्कटल्यान्डका मुन्से फाइनलमा भने चम्किए । सुदूरपश्चिमले १०।४ ओभरमै सय रनको आँकडा पार गर्दै जितको आधार बनायो । लुम्बिनीका बलर पूर्ण असफल भए । यसै सिजनको अघिल्ला दुई भेटमा सुदूरपश्चिम ८७ रन र १०८ रन मात्र जोड्न सकेको थियो । तर फाइनलमा भने सुदूरपश्चिमका ओपनर नै लुम्बिनीका बलरमाथि हाबी भए । टस जितेर सुदूरपश्चिमले लुम्बिनीलाई ब्याटिङ गर्ने निम्तो दियो । खराब सुरुआत भए पनि लुम्बिनीले पूरै ओभरमा ६ विकेटको क्षतिमा १५५ रनको योगफल बनायो । मध्य क्रमका ब्याटर दिलीप नाथ ३९ रनमा अविजित रहे । यो नै सर्वाधिक ठुलो व्यक्तिगत रन रह्यो । अन्य पाँच ब्याटरले ससाना योगदान दिँदा लुम्बिनीले प्रतिस्पर्धात्मक लक्ष्य दियो । लुम्बिनीको सुरुआत राम्रो भएन । तेस्रो ओभरमै पहिलो विकेट गुमायो । ओपनर आसिफ शेख १ रनमै एलबिडब्लु शिकार भए । स्कट कुग्गेलिनले उनलाई आउट गर्दै राम्रो सुरुआत दिलाए । यसपछिका ब्याटरले ससाना योगदान दिए । कप्तान रोहित पौडेलले ३० रनमा रनआउट भए । उनले ३१ बल खेल्दा दुई चौका मात्र हिर्काए ।

१५औं ओभरमा दिलीप नाथसँग तालमेल बिग्रिएपछि रोहित चौथो विकेटका रूपमा आउट भए । यतिबेला लुम्बिनी १०८÷४ को अवस्थामा थिए । तर अन्तिम पाँच ओभरमा आक्रामक ब्याटिङ ग¥यो । यस क्रममा ४८ रन जोड्दा लुम्बिनीले दुई विकेट मात्र गुमाउन पुग्यो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रले १८औं ओभरमा स्पिनर इशान पाण्डेलाई बलिङमा ल्याए । यो निर्णय सही साबित भएन । यो ओभरमा इशानले १६ रन दिए । अली शेखले दुई छक्का हिर्काए । अन्तिम ओभरमा अली २४ रनमा आउट भए । उनले १२ बलमा समान दुई छक्का र चौका हिर्काए । त्यसअघि ओपनर डार्सीले २१ र विकेटकिपर निरोशन डिकवेलाले २८ रन जोडे ।

मध्य क्रमका ब्याटर दिलीपले इनिङ समाले । उनले ३१ बलमा तीन छक्का हिर्काए । ओपनर डार्सी पावरप्लेमै पभेलियन फर्किए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रले डार्सीलाई बोल्ड गरे । डार्सीले १८ बलमा चार चौका प्रहार गरे । पावरप्लेमा ३७ रन जोड्दा दुई विकेट मात्र गुमाएको लुम्बिनीले मध्यम सुरुआत ग¥यो । यसपछि कप्तान रोहित क्रिजमा आए । उनी र डिकवेलाबीच तेस्रो विकेटका लागि ३९ रनको साझेदारी बन्यो । स्पिनर रत्नायकेले डिकवेलालाई बोल्ड गर्दै साझेदारी तोडे । १७ बलमा डिकवेलाले एक चौका र छक्का हिर्काए । यो विकेटपछि रनको गतिमा अंकुस लाग्ने अनुमान थियो । तर दिलीपले केही ठूलो सट खेल्दै सुदूरपश्चिका बलरलाई दबाबमा राखे । सुदूरका बलर १५औं ओभरसम्म लय गुमाएनन् । अन्तिम ओभर भने समालिन सकेनन् ।

सुदूरपश्चिमको बलिङमा कुग्गेलिनले दुई विकेट लिँदा हेमन्त धामी, थरिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंहले समान एक विकेट लिए । हेमन्तले चार ओभरमा २३ रन मात्र दिए ।


प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?