Trending
>>   मोवाइल फुड ल्याव भ्यानबाट दक्षिणकाली नगरपालिका क्षेत्रमा रहेका खाद्य पदार्थको अनुगमन >>   एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत >>   सार्वजनिक पर्खालका भित्तामा कलात्मक भित्ते चित्र (फोटो फिचर ) >>   फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए >>   बिना राउत र गायक रबिनको ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक >>   इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष प्रचण्ड >>   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबिच शिष्टाचार भेट >>   प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा राणा >>   पुनहिलमा विद्युत् र खानेपानीको समस्या >>   रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
Logo
३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

ठगी गरेको आरोपमा तीन जना पक्राउ


२ वैशाख ,जानकी । बाँकेको जङ्गल क्षेत्रमा रहेको ऐलानी जग्गामा बसोबास मिलाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । दुर्गम पहाडी जिल्लाबाट थुप्रैको सङ्ख्यामा बाँकेको बैजनाथा गाउँपालिकाको पितमारी नजिकैको जङ्गलमा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने भन्दै उनीहरुले ठगी गरेका थिए ।

प्रतिव्यक्ति रु पाँच सयदेखि रु एक हजारसम्मको फारम भराएर पैसा असुल्ने गिरोहमध्येका तीन जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार गिरोहले झण्डै एक हजार पाँच सयको सङ्ख्यामा पहाडी जिल्लाका विभिन्न ठाउँबाट सुकुम्वासीका नाममा बाँकेको बैजनाथ– २ पितमारीको जङ्गलमा लगेर बस्ती बसाउँदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिएकामध्ये जाजरकोटको नलगाड नगरपालिका–११ का ४४ वर्षीय नरबहादुर कामी, सोही जिल्लाको कुशे गाउँपालिका–४ का ३८ वर्षीय मोहनजङ्ग शाह र डोल्पा जिल्ला ठूलीभरी नगरपालिका–७ कि ६० वर्षीय सुनरुपा ठकुल्ला रहेको प्रहरीले जनाएको छ ।

अदालतलेसमेत आजको उनीहरुको सात दिनको म्याद थप गरेको छ । जङ्गल अतिक्रमण गरेर बस्ती बसाउन लागेको सूचना थाहा पाएसँगै प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी तिवारीले बताए । “केही दिनअघिदेखि नै कोहलपुर क्षेत्रमा शङ्कास्पद मानिसको चहलपहल बढेको कुरालाई हामीले विचार गरिरहेका थियौ, सूचनाका आधारमा ती व्यक्तिलाई सुकुम्वासी बनाएर जङ्गल अतिक्रमण गर्ने योजना रहेको थाहा पाएपछि हामीले नियन्त्रणमा लिएका हौँ”, डिएसपी तिवारीले भने ।

जाजारकोट, सल्यान, रुकुम, मुगु, डोल्पा लगायतका पहाडी जिल्लाका मानिसलाई झण्डै एक महिना अघिदेखि नै कोहलपुरमा रहेका आफन्तको घरमा बसालेर जङ्गल अतिक्रमण गर्न भनि ल्याइएकामध्ये धेरैजसो महिला बालबालिका ज्येष्ठ नागरिक रहेको डिएसपी तिवारीको भनाइ छ । उनका अनुसार बस्ती बस्न भनि आएकामध्ये तीन सयभन्दा बढीलाई इलाकाले नै गाडीको व्यवस्था गरेर फर्काइएको छ ।

बाँकी आफन्तकोमा नै लुकेर बसेको र उनीहरुको पनि खोजी जारी रहेको उनले बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले ऐलानी जग्गा पाइन्छ भनेर झुटा आश्वासन दिँदै जनतालाई दुःख दिने र उनीहरुबाट पैसा असुल्ने गिरोहलाई खोजेर काबारही गरिने बताए ।

उक्त गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीलाई पालिका क्षेत्रमा सुकुम्वासीलाई उपलब्ध गराउनका लागि कुनै पनि जग्गा नभएको बताए । दलालहरुले जग्गा उपलब्ध गराईदिने भनेर केवल ठगीधन्दा गर्ने प्रयास गरेको बताउँदै सबैलाई सचेत रहन अध्यक्ष शाहीले आग्रह समेत गरे ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?