Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

तीर्थमालीलाई गोली लाग्नु दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान


२ वैशाख ,काठमाडौँ । नेपाल प्रहरीले नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनमगरलाई गोली प्रहार गर्नाका कारण दुर्घटना भएको बताइएको छ ।

उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न प्रहरी सहायक हबल्दार प्रकाश पुनमगरलाई आज बिहान प्रहरीले बागडोलबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालयस्थित नं १ गणमा आन्तरिक थुनामा राखेको छ ।

प्रकाशले नियतवश गोली नचलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको जनाइएको छ । प्रारम्भिक अनुसन्धानबाट ‘दुर्घटना’ भएको देखिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले  बताए । उनले भने, “प्रारम्भिक अनुसन्धानबाट नियतवश गोली हानेको जस्तो देखिँदैन, यो दुर्घटना हो, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”

प्रधान न्यायाधीशका सुरक्षा टोलीमा कार्यरत प्रहरी सहायक हबल्दार पुनमगरसँग प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको चाइनिज ‘टाइप–५४’ पेस्तोल साथमा थियो ।

सोही पेस्तोलबाट शनिबार राति एक राउन्ड फायर भएको भेटिएको प्रहरीले जनाएको छ । शनिबार राति नयाँ वर्ष मनाउन ७४ वर्षीया हजुरआमा तीर्थमालीको निवास बालुवाटार गएका प्रकाश गोली चलेपछि भागेका थिए ।

पेस्तोलबाट फायर भएपछि डरले उनी त्यहाँबाट भागेको अनुसन्धान अधिकृतहरू बताउँछन् । नयाँवर्ष मनाउने क्रममा पारिवारिक जमघटमा वर्षमान पुनका भाइहरू पनि सहभागी रहेका प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?