Trending
>>   रास्वपालक्षित ओलीको टीप्पणीः ‘चुनाव लड्ने क्लव बनाएर हामीसँग प्रतिष्पर्धा गर्दैछन्’ >>   काठमाडौं–तराई द्रुतमार्गको ५१ प्रतिशत निर्माण सम्पन्न, महादेवटार सुरुङको ब्रेकथ्रु >>   काठमाडौं–तराई द्रुतमार्गले गुणात्मक परिवर्तन ल्याउँछः राष्ट्रपति पौडेल >>   चीनको सहयोगमा निजामती अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सेवा विस्तार हुँदै >>   तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्छः सांसद पराजुली >>   केपी ओली भन्छन्, ‘केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! मजाकको पात्र हौँ हामी… >>   पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा >>   मारवाडी सेवा समितिलाई सर्वोच्चको झट्का, गौशाला धर्मशाला पशुपतिमै फिर्ता >>   हिंसा र लुटपाटमार्फत सरकारबाट हटाइयो, आयोगहरुले निष्पक्ष छानविन गर्नुको सट्टा आरोपित गर्ने काम गरेः ओली >>   भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति
Logo
२ मंसिर २०८३, बुधबार
२ मंसिर २०८३, बुधबार

रास्वपालक्षित ओलीको टीप्पणीः ‘चुनाव लड्ने क्लव बनाएर हामीसँग प्रतिष्पर्धा गर्दैछन्’


काठमाडौँ।नेकपा अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्ने क्लव बनाएर पार्टी नबन्ने बताएका छन् ।

पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै यस्तो बताएका हुन् । उनले विभिन्न व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सारेर चुनाव लड्ने समूह निर्माण गर्दैमा पार्टी सङ्गठन बलियो नहुने टिप्पणी गरेका छन् । उनले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्ने लक्ष्यसहित सङ्गठन निर्माण र परिचालनमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । निर्वाचनसम्म आराम नगरी निरन्तर सक्रियता र परिश्रमका साथ अभियानमा जुट्न उनले आग्रह गरेका छन् । एमाले सशक्त सङ्गठनसहित निर्वाचनमा होमिने उनले बताएका छन् ।

उनले भने, ‘आगामी स्थानीय तहको निर्वाचनमा हामी जित्नैपर्ने छ । हामीसँग लड्न आउनेहरु यो निर्वाचनमार्फत सङ्गठन बनाउन खोज्दैछन्, हामी एउटा सशक्त सङ्गठन लिएर चुनावमा जाँदै छौँ । त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु, विभिन्नतिरका विभिन्न व्यक्तिहरू यसो प्रभावकारी उम्मेदवार पाइन्छ कि भनेर खोजेर त्यस्ता उम्मेदवार बनाएर चुनाव लड्ने क्लब बनाएर हिड्या छन्, पार्टी त बन्दैन अहिले । त्यसकारण उनीहरु क्लव बनाएर चुनाव लड्ने गरी जाँदैछन् । हामी एउटा सशक्त सङ्गठन लिएर चुनावमा जाँदै छौँ । एउटै मात्रै कुराको, हामीमा आत्मविश्वास र त्यो आत्मविश्वासलाई फलीभूत पार्नका लागि हामीसँग सक्रियताको आवश्यकता छ, क्रियाशीलताको आवश्यकता छ। चुनावसम्म हामी आराम गर्दैनौँ, केही महिना बाँकी छ । आरामको जिन्दगी होइन, परिश्रमको जिन्दगी, सक्रियताको जिन्दगी स्थानीय निकायको निर्वाचनमा भव्य सफलता प्राप्त गर्दासम्म हाम्रो अभियान जारी रहनेछ र हामी त्यसरी अगाडि बढ्नेछौँ ।’

उनले विगतमा निर्वाचन एमालेका लागी असहज भएपनि अब भने नेता तथा कार्यकर्तामा निर्वाचन जित्ने आत्मविश्वास बढेको बताएका छन् । त्यसलाई परिणाममा बदल्न सक्रियता र क्रियाशीलता आवश्यक रहेको उनको भनाई छ । स्थानीय तह निर्वाचनसम्मको समयलाई आराम गर्ने नभई परिश्रम गर्ने समयका रूपमा लिएर काम गर्न उनले निर्देशन दिएका छन् । आगामी सबै निर्वाचन एमालेका लागी जित्नैपर्ने दबाब रहेको उनको भनाई छ ।


प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?