Trending
>>   जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने >>   एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली >>   जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा >>   मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा >>   आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएका छन्ः केपी ओली >>   विश्वप्रकाश शर्माबारे जितजंग बस्नेत–‘तपाईं कुन एनजीओ, आईएनजीओमा हुनुहुन्छ, हामीलाई थाहा छ’ >>   मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा >>   एमालेको स्वर्णिम काललाई बालेन र रविले चुनौती दिन सक्दैनन्ः महेश बस्नेत >>   महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा >>   विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने


काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधामको छठ पर्वको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी व्यक्त गरेका छन् ।

शनिवार छठ पर्व मनाउन जनकपुरधाम पुगेका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले खुशी व्यक्त गरेका छन् । उनले जनकपुरधामको छठ पर्वको चर्चा नेपालमा मात्रै नभई विश्वभर हुने गरेको उल्लेख गर्दै यस्तो पवित्र र उत्सवमय अवसरमा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताएका छन् । लामिछानेले आफू र आफ्नो परिवार आध्यात्मिकतामा विश्वास गर्ने भएकाले विभिन्न मठमन्दिरमा जाने र धार्मिक आस्थाअनुसारका गतिविधिमा सहभागी हुने गरेको पनि बताएका छन् ।

उनले भने, ‘सबैभन्दा पहिले, यस्तो पवित्र, पुण्यमय र उत्सवमय अवसरमा यहाँ उपस्थित हुन पाउँदा म अत्यन्तै खुशी छु । जनकपुरधामको छठ पर्वको चर्चा नेपालमा मात्र होइन, विश्वभरि हुने गरेको छ । यस्तो ऐतिहासिक र धार्मिक पर्वको प्रत्यक्ष साक्षी बन्न पाउँदा मलाई विशेष आनन्द र गौरवको अनुभूति भएको छ । हामी र हाम्रो परिवार धार्मिक तथा आध्यात्मिक आस्थामा विश्वास राख्छौँ । विभिन्न मठमन्दिरमा जाने, धार्मिक परम्परा र आस्थाअनुसार पूजा–आराधना गर्ने हाम्रो निरन्तर अभ्यास रहँदै आएको छ । आजको यो उपस्थिति पनि त्यही धार्मिक आस्था र परम्पराको निरन्तरता हो ।’

जनकपुरमा छठ मनाउन पुग्नु पनि त्यही धार्मिक आस्थाको निरन्तरता भएको उनको भनाइ छ ।


प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?