Trending
>>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन
Logo
२३ कार्तिक २०८३, सोमबार
२३ कार्तिक २०८३, सोमबार

सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल


काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाईएको बताएका छन् ।

थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सरकारले नागरिकलाई प्लास्टिक झोलामुक्त समाज निर्माण गर्न आग्रह गरिरहेको अवस्थामा सरकारी पक्षबाटै सञ्चालित स्टलहरूमा प्लास्टिकका झोला देखिनु उचित नभएको उनले बताएका छन् । उनले उत्पादित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) पनि स्पष्ट रूपमा उल्लेख नगरिएको बताएका छन् । निजी क्षेत्रका व्यवसायीलाई आफ्ना उत्पादनमा एमआरपी अनिवार्य रूपमा राख्न निर्देशन दिइरहेको सरकारले आफ्नै उत्पादनमा भने एमआरपी स्पष्ट नदेखिएको उनको भनाइ थियो । उनले प्लाष्टिक झोला प्रयोग नगर्न तथा अनिवार्य रुपमा एमआरपी लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘सरकारले नागरिकलाई प्लास्टिक झोलामुक्त समाज बनाऊँ भनेर भनिरहेछ । तर सरकारकै तर्फबाट राखिएका केही स्टलहरूमा प्लास्टिकका झोलाहरू देखियो । त्यसलाई हामीले सुधार्नुपर्छ । हामीले जनतालाई एमआरपी राख भनेर एकदम निर्देशन दिइरहेको देखिन्छ । तर सरकारकै प्रडक्टमा एमआरपी स्पष्टसँग देखिएन । यसमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

खाद्य संस्थानले आयोजना गरेको तिहार विशेष रैथाने मेलामा करिव २६ वटा स्टल रहेका छन् । मेलामा तिहारको लागी सामान किन्नेहरुको भीड लागेको छ । सभामुख अर्यालले पनि सोमवार मेलाको अवलोकन गर्नुको साथै आवश्यक सामान खरिद गरेका थिए ।


प्रकाशित मिति: २३ कार्तिक २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?