Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


पोखरा ।पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित लीला आधारभूत विद्यालय नजिकै भएको मोटरसाइकल दुर्घटनामा स्थानीय सुरेश लामिछानेको मृत्यु भएको छ ।

पिच सडकबाट अनियन्त्रित भई करिव दुई मिटर तल खसेको अवस्थामा मोटरसाइकल र चालक लामिछाने मृत फेला परेपछि स्थानीय क्षेत्रमा त्रास बढेको हो । आईतवार बिहान लीला आधारभूत विद्यालय नजिकै क्षतविक्षत अवस्थामा पल्सर मोटरसाइकल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजी गर्ने क्रममा निर्माणाधीन पर्खालको नालीमा लामिछानेलाई अचेत अवस्थामा फेला पारेको थियो । घटनास्थलमा पुगेको चिकित्सकको टोलीले उनलाई मृत घोषित गरेको हो । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक सूर्य बोगटीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले थप प्रमाण जुटाउन तालिमप्राप्त कुकुरको सहायता लिएको छ । संयोगवश, कुकुर तिहारकै दिन तालिमप्राप्त कुकुरलाई घटनास्थलमा अनुसन्धानका लागि प्रयोग गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक रिजालले प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल सडकबाट चिप्लिएर दुर्घटना भएको संकेत देखिए पनि घटनाको यथार्थ विवरणबारे सूक्ष्म अनुसन्धान जारी रहेको बताएका छन् । प्रहरीले दुर्घटनाको कारण र समय पहिचानका लागि थप प्राविधिक तथा अनुसन्धानमूलक विधिहरू अपनाइरहेको जनाएको छ ।


प्रकाशित मिति: २२ कार्तिक २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?