Trending
>>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्र एकअर्कालाई ‘भिलेन’ बनाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै गरिबी, अशिक्षा र बेरोजगारी नै पार्टीको मुख्य चुनौती रहेको बताएका छन् ।

काठमाडौंमा शनिवार आयोजित नेपाली काँग्रेसको १५ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गगन थापाप्रति लक्षित आलोचनाले उल्टै उनको चर्चा र महत्व बढाइरहेको भन्दै यस्तो टिप्पणी गरेका हुन् । डा. कोईरालाले महाधिवेशनलाई पार्टीको भविष्य उजागर गर्ने ऐतिहासिक कडीको रूपमा अथ्र्याएका छन् । उनले १५ औँ महाधिवेशनलाई अत्यन्त गम्भीरतापूर्वक लिन कार्यकर्ताहरूलाई आग्रह गर्दै अधिवेशनको सफलतामा सहभागिताको ठूलो भुमिका रहने बताएका छन् । शुरुवाती चरणमा देखिएको उत्साहजनक उपस्थितिले अधिवेशन सफल भएको आभास दिएको उनको भनाइ छ ।

डा. कोईरालाले नेता गगन थापाको प्रसंग कोट्याउँदै भने, ‘हामीले गगन थापालाई यति धेरै महत्व किन दिन्छौँ ? तपाईं जति गाली गर्नुहुन्छ, उनको महत्व त्यति नै बढ्छ । त्यसैले उनको कुरै नगरौँ । फिल्ममा हिरोले भिलेनलाई मारेजस्तै हामी पनि राजनीतिक भिलेन खोजिरहेका छौँ, र त्यो पात्रका रूपमा गगन थापालाई देख्छौँ । तर त्यो हाम्रो भ्रम हो । हाम्रो असली भिलेन गरिबी, अशिक्षा र बेरोजगारी हो । तिनको विरुद्धमा लड्नु नै आजको आवश्यकता हो ।’

डा. कोइरालाले राजनीतिमा ‘अरूलाई कुरुप देखाएर आफू सुन्दर बन्न सकिँदैन’ भन्दै कार्यकर्ताहरूलाई एकताको सन्देश दिएका छन् । उनले पार्टीका कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने र तल्लो तहदेखि नै पार्टी संगठनलाई बलियो बनाउन सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?