Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)


हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)

काठमाडौँ । काठमाडौंको हाँडीगाउँमा ‘कहीँ नभएको जात्रा’का रूपमा परिचित चोक्टे नारायणको जात्रा मनाइएको छ ।

उल्टो खटमा देवता राखेर नगर परिक्रमा गराइने यस जात्राले हाँडीगाउँको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई प्रतिबिम्बित गर्छ । जात्राको प्रमुख विशेषता अन्य जात्राभन्दा फरक शैलीमा खट यात्रा गराउनु हो । सामान्यतया खटको गजुर माथि र देवताको मूर्ति तल राख्ने गरिए पनि यस जात्रामा गजुर तल र देवताको मूर्ति माथि राखिन्छ । तीनवटा खटमा देवता राखेर हाँडीगाउँका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ । स्थानीय परम्पराअनुसार जात्रामा व्रह्मा, विष्णु र महेश्वरसँग सम्बन्धित तीनवटा खट निकालिन्छन् । भक्तजनले खट बोकेर नगर परिक्रमा गराउँछन् । खटलाई घुमाउने अनौठो शैली र धार्मिक विधिका कारण यो जात्रा अन्य जात्राभन्दा विशिष्ट मानिन्छ ।

यस जात्राको शुरुवातबारे विभिन्न जनश्रुति प्रचलित छन् । तीमध्ये नारायण भगवान्लाई प्रसन्न पार्न संसारमै नभएको शैलीमा जात्रा गर्ने भाकल गरिएको र त्यसपछि यो परम्परा सुरु भएको किंवदन्ती चर्चित छ । सोही परम्पराका कारण ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान प्रचलनमा आएको विश्वास गरिन्छ काठमाडौं उपत्यकाको प्राचीन बस्तीमध्ये एक मानिने हाँडीगाउँ धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाका लागि परिचित छ । यहाँ मनाइने जात्राले स्थानीय नेवार समुदायको सांस्कृतिक पहिचान र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको परम्परालाई जीवन्त राख्न योगदान पु¥याउँदै आएको छ ।


प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?