Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने


‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने

काठमाडौँ ।काठमाडौं महानगरपालिकाले यही कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी प्रमुख आकर्षकको रुपमा सहभागि हुने जनाएको छ ।

मंगलवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं फिल्म फेस्टिबलकी निर्देशक आयुशा श्रेष्ठले फेस्टिभलमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, सम्पदा यात्रा र अवार्ड समारोह समेत आयोजना गरिने बताएकी छिन् । काठमाडौंको संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले चलचित्र महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ । पुराना कलाकारहको सम्मान तथा उनीहरुको सिर्जनात्मक कलालाई नयाँ पुस्तामा रुपान्तरण गर्नु समेत फिल्म फेस्टिबलको उद्देश्य रहेको उनले बताइन् । उनले अभिनेत्री शबाना आजमीले १४ कात्तिक मा नेपाल पर्यटन बोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक संवाद कार्यक्रमा सहभागि हुने बताइन् । जापानी निर्देशक ताकायुकी नाकामुराले कात्तिक १४ गते राष्ट्रिय सभागृहमा जापानको यामागाता युनेस्को फिल्म सिटीबारे प्रश्तुति दिने कार्यक्रम रहेको समेत उहाँले जानकारी दिएकी छिन् । चलचत्रि महोत्सवको पहिलो दिन वसन्तपुरमा सम्पदा यात्रा हुने उनले जानकारी दिइन् । उनले कात्तिक १५ गते राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रम, पुरानो नेपाली चलचित्र ‘के घर के डेरा’को प्रदर्शन गरिने बताएकी छिन् ।

उनले भनिन् , ‘काठमाडौं फिल्म फेस्टिभल अरुभन्दा किन फरक छ भन्दा यो फेस्टिभलमा देखाइने सबै चलचित्रहरु सबै नागरिकका लागि निःशुल्क हो । उहाँहरुले दुःख गर्नुपर्ने भनेको सिट रिजर्भेसन गर्नुपर्ने हुन्छ । हामी एकैचोटि टोल टोलबाट इन्टरनेसनल फिल्म फेस्टिबलमा उत्रिएका होइनौँ । हामीले यसैअन्तर्गत हेरिटेज रनको समेत आयोजना गरेका थियौँ । यसको मुख्य उद्देश्य भनेको काठमाडौंको कल्चर र सम्पदा चिनाउने नै थियो । हामीले हेरिटेज रनको थ्रु काठमाडौंका धेरैभन्दा धेरै सम्पदालाई समेत छुन पायौँ । त्यहीअनुसार हामीले प्रमोटिङ हेल्थ पनि गर्न पायौँ । र हाम्रो हेरिटेज रनको मुख्य अथिति कट्रिना वेभ भन्ने अष्टे«लियाबाट पाल्नुभएको थियो । अब काठमाडौं फेस्थिभलको लागि दुई जना एकदमै महत्वपूर्ण अथिति आउँदै हुनुहुन्छ । फेस्टिभलमा बसन्तपुर, सिटी हल, जय नेपाल सिनेमा र बौद्ध हुनेछन् । फेस्टिबलको शुरुवात र अन्त्य गर्ने ठाउँ नै विश्वको सम्पदा सूचिमा समावेश छन् । त्यस कुरालाई फोकस गरेका छन् । त्यस्तै जय नेपाल हल अन्तर्राष्ट्रिय स्तरको हल भएको कारण त्यहाँ विदेशी चलचित्रहरुको प्रदर्शन गरिनेछ । फेस्टिबलमा हाम्रो भारतीय बहुचर्चित अभिनेत्री शबाना आजमी र अष्टे«लियन चलचित्र निर्माता मुलर हुनुहुन्छ । हामीले फेस्टिभलको पहिलो दिन १३ कात्तिकमा एउटा सानो हेरिटेज वर्क गर्न लागेका छौँ । भन्दाखेरी सानो भएपनि यसमा धेरै कुरा जोडिन्छ ।’

फेस्टिभलमा ‘नेपाल पानोरामा सट्र्स’ अन्तर्गत नेपाली परिवेशमा स्थानीय नवप्रतिभाले निर्माण गरेका चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन् । महानगरपालिकाले गरेको खुला आह्वानमा प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएको छ । छनोट भएका प्रत्येक चलचित्रलाई १ लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । त्यस्तै नेपालसहित विभिन्न देशका चलचित्रहरु प्रदर्शनमा राखिने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?