Trending
>>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद


बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद

काठमाडौं ।बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो भौतिक क्षति पुर्याएको छ ।

बाढीले घर, झोलुङ्गे पुल र जलविद्युत आयोजनाका संरचना बगाउनुका साथै तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाएको हो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै तनहुँ, मुग्लिन र चितवनसम्म सतर्कता अपनाउन आग्रह गरिएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताए । उनकाअनुसार हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन भने नेपाली सेनाको हेलिकप्टरबाट ६ जनाको सकुशल उद्धार गरिएको छ ।

हिमपहिरोका कारण शुरु भएको बाढीले आरुघाटस्थित धादिङ जोड्ने पुल र टाइम्स इनर्जीको क्याम्प बगाएको छ भने तल्लो तटीय क्षेत्रका दर्जनौं घर उच्च जोखिममा परेका छन् । हालसम्म मानवीय क्षति नभए पनि नेपाली सेनाले हेलिकप्टरमार्फत ६ जनालाई सकुशल उद्धार गरेको छ । प्राधिकरणकाअनुसार चुमनुब्री गाउँपालिका–६ को लोक्पा र चुम्लिङ क्षेत्रमा हिमपहिरो खसेपछि बाढीको मात्रा बढेको हो। नदीको बहाव खतराको तहभन्दा निकै माथि पुगेपछि आरुघाटको जलमापन केन्द्रले काम गर्न छोडेको छ ।

बाढीले सिर्दीबासमा कच्ची घर बगाएको छ भने माछीखोलामा २० देखि २२ घर उच्च जोखिममा छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । उप्रेतीकाअनुसार चितवन र नवलपरासी पूर्वसम्मै शतर्कता अपनाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।

उनले भने, ‘बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखा, धादिङलगायतका क्षेत्रमा ठूलो भौतिक क्षति पु¥याएको छ। प्रारम्भिक जानकारीअनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६, लोक्पा क्षेत्रबाट हिमपहिरो खसेर बाढी शुरु भएको आशंका गरिएको छ । नदी ठाउँठाउँमा थुनिँदै र खुल्दै गर्दा बाढीको आकार बढेर आरुघाटमा खतरा तहभन्दा निकै माथि पुगेको छ । बाढीले आरुघाटस्थित धादिङ जोड्ने पुल, विभिन्न झोलुङ्गे पुल र केही घर बगाएको छ । सिर्दीबासमा एउटा कच्ची घर बगाएको, अर्को घरमा बाढी पसेको तथा माछीखोला क्षेत्रमा ५–७ घरमा बाढी पसेको र २०–२२ घर जोखिममा रहेको प्रारम्भिक जानकारी छ । शाहस ऊर्जा तथा टाइम्स इनर्जीका संरचनामा पनि क्षति पुगेको खबर आएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी उद्धार तथा राहत कार्य अघि बढाइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट ६ जनाको सकुशल उद्धार गरिएको जानकारी दिइएको छ । बाढीको प्रभाव चितवन र नवलपरासी पूर्वसम्म पर्न सक्ने भएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई सतर्क रहन सूचना जारी गरिएको छ । हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन। सम्भावित मानवीय क्षति रोक्न जोखिमयुक्त बस्ती खाली गराउने, नागरिकलाई सुरक्षित स्थानमा सार्ने र आवश्यक परे हेलिकप्टरमार्फत उद्धार गर्ने कार्य जारी छ । सर्वसाधारणलाई नदी किनारमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।’

हालसम्म मानवीय क्षति नभएको भएपनि भौतिक क्षतिले गोर्खा, धादिङ, तनहुँ र चितवनसम्म प्रभाव पारेको छ । उद्धार टोलीले निरन्तर रेकी गरिरहेको र बाँकी फसेका मानिसहरूको उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । प्राधिकरणले तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीको सूचना पाउनासाथ सुरक्षित स्थानतर्फ जान अपिल गरेको छ ।


प्रकाशित मिति: २५ आश्विन २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?