Trending
>>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह


शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र साहले शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले संविधान जारी भएको दिन हरेक वर्ष आउने तर संविधान पूरा हुने दिन आफैँले ल्याउनुपर्ने बताएका छन् । उनले हरेक इमन्दार निर्णयबाट नै नागरिकको घरदैलोमा पुग्न सकिने उनको विश्वास छ । जनताले सुशासन मागेको, विकास मागेको र समृति मागेकाले त्यसतर्फ सरकारको ध्यान रहेको बताएका छन् ।

उनले भने, ‘संविधान जारी भएको दिन हरेक वर्ष आउँछ, तर संविधान पूरा हुने दिन हामीले आफैं ल्याउनुपर्छ । हरेक इमान्दार निर्णयबाट हरेक पारदर्शी नियुक्तिबाट नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट जनताले सुशासन मागेका छन्, विकास मागेका छन्, समृद्धि र सामाजिक न्याय मागेका छन् । यो सरकारको हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित छ र रहनेछ । यो संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी प्रतिवद्ध छौँ । म यो वाचा आज फेरि दोहो¥याउन चाहन्छु । शहीदहरुको रगतले लेखेको संविधान हामी कामले पूरा गर्नेछौँ ।’

प्रधानमन्त्री साहले संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी प्रतिवद्ध रहेको बताएका छन् ।


प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?