Trending
>>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली


प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन नेकपा एमाले तयार रहेको बताएका छन् ।

शनिवार संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादीहरुले खुट्टा बजारे भन्दै नडराउन आग्रह गर्दै मनोबल दरो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले फेरि पञ्जा लडाउँदा अग्रगामी शक्तिहरुकै विजय हुने दाबी गरेका छन् । प्रतिगमनको जित क्षणिक हुने भन्दै सत्यको नै जित हुने बताए । आफूहरुमाथि झुटो कुरा फैल्याएर भ्रम फिँजाइएको भन्दै उनले सत्यको बाटोमा सधैँ अग्रसर रहने बताएका छन् ।

अध्यक्ष ओलीले भने, ‘म साथीहरूलाई आज संविधान दिवसको सन्दर्भमा आग्रह गर्न चाहन्छु, मनोबल दरो बनाउनु, प्रतिक्रियावादीहरूले खुट्टा ढ्यापढ्याप गरे भन्दैमा भाग्ने होइन । हामी प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउने तयार छौँ, र फेरि पनि पञ्जा लडाउँदा हामीले विजय हासिल गर्नेछौँ । प्रतिगमनले एकछिन जित्छ, सत्यले सधैँ नै। असत्यले भ्रमले एकछिनका लागि लिन्छ । भ्रम नै सत्य भनेर स्थापित भइसक्ने भए हामीहरू जस्ता मान्छेलाई जति आरोप, जति लाञ्छना, जति झुटो कुराहरू फैलाएर बदनाम र अपमान गर्ने गरेको छ, त्यो त हामी त बरफको सानो डल्लो जस्तो, घाममा राखिदिएको जस्तो, बालुवामा राखेको जस्तो, उहिल्यै दिलाएर पग्लिएर सकिन्थ्यो। गल्ती हामी गर्दैनौँ । जानेबुझीसम्म गल्ती गर्दैनौँ, भएका रहेछौँ भने अघि नै भनेँ मैले। रियलाइजेसनको क्यापासिटी हामीसँग छ, रिजिलियन्सको क्यापासिटी हामीसँग छ। त्यसो भएको हुनाले हामी विथ रियलाइजेसन रिजिलियन्सका लागि अगाडि बढ्छौँ र आगामी केन्द्रीय कमिटीले पार्टीलाई अझ एक ढिक्का, अझ मजबुत बनाएर अगाडि लानेछ ।’

अध्यक्ष ओलीले गल्ती भए सच्याउने र स्वीकार गर्ने क्षमता नेकपा एमालेमा रहेको पनि बताएका छन् ।


प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?