Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

भारतद्वारा नेपाललाई पुल सहयोग


भारतद्वारा नेपाललाई पुल सहयोग

काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारत सरकारले उपलब्ध गराएका तीन वटा मोड्युलर पुल नेपाललाई हस्तान्तरण गरिएको छ ।

७०–७० मिटर लम्बाईका तीन वटा एकतर्फी मोड्युलर पुल शनिवार सडक डिभिजन कार्यालयमा आयोजित एक कार्यक्रमका बिच भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले नेपाललाई हस्तान्तरण गरेका हुन् । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोगस्वरूप यी पुल उपलब्ध गराएको हो । पुल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रथम सचिव सिंहले नेपालका लागि बाढीबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनर्निर्माणमा भारतले आगामी दिनमा पनि थप प्रि–फ्याब्रिकेटेड पुल उपलब्ध गराउने बताउनु भयो । पहिलो पुल समयमै सञ्चालनमा आउँदा प्रभावित क्षेत्रका नागरिकलाई आवतजावत तथा सामान ढुवानीमा सहज हुने उनको भनाइ छ । उनले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्ध तथा साझेदारीको प्रतीकका रूपमा समेत यी सहयोगलाई लिन सकिने बताएका छन् ।

मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमले विपद्का बेला छिमेकीको सहयोग महत्वपूर्ण हुने भन्दै भारत सरकारप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले बाढीबाट रसुवा–नुवाकोट क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री पुर्याउनसमेत समस्या भइरहेको अवस्थामा ७० मिटर लामो पुलले आवागमन सहज बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । बाढीका कारण देशभर ३५ भन्दा बढी पुल क्षतिग्रस्त भएको भन्दै सांसद गौतमले थप पुलका लागि नेपाल सरकारले भारत सरकारसँग आग्रह गरिएको जानकारी दिएका छन् । तत्काल आवश्यक रहेका क्षेत्रमा थप पुल उपलब्ध गराउन सरकारस्तरबाट द्विपक्षीय छलफल भइरहेको समेत उनले बताएका छन् । विपद्का बेला भारतले नेपाललाई गर्दै आएको सहयोगको स्मरण गर्दै गौतमले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताएका छन् ।

सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख किरण कार्कीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामा, सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव प्रसाद काफ्ले लगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?