Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२५ कार्तिक २०८३, बुधबार
२५ कार्तिक २०८३, बुधबार

पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क


१ वैशाख ,कास्की । पोखराको मुख्य बजार क्षेत्र रहेको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण सुरु भएको छ । विश्वका सबै देशको झण्डा एकै ठाउँमा राखेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सँगको सहकार्यमा पार्क निर्माण थालनी गरेको हो।

महेन्द्रपुलस्थित सेती नदीको डिलमा महानगरको जग्गामा निर्माण हुने सो पार्कको आज नयाँ वर्षको पहिलो दिन महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरे । प्यारापिटसहितको झण्डापार्क आगामी डेढ महिनाभित्रमा निर्माण गरिसक्ने योजना रहेको छ । पार्कमा संयुक्त राष्ट्रसङ्घमा आबद्ध एक सय ९५ देशसहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको झण्डा राखिने महानगर प्रमुख आचार्यले बताए ।

उनले भने, “संयुक्त राष्ट्रसङ्घमा सदस्य रहेका देश सबैको झण्डा र देशको नामसहित उल्लेख गरेर राख्नेछौँ । पार्कको बीच भागमा नेपालको सबैभन्दा ठूलो ४० मिटर अग्लो झण्डा राखिनेछ । विशेष अवसरमा झण्डोत्तोलनका लागि सोही स्थानमा कार्यक्रम गर्नेछौँ ।”

झण्डा पार्क निर्माणका लागि रु ७० लाख लागत अनुमान गरिएको छ । सम्पूर्ण लागत रकम लायन्स क्लबले बेर्होने र यसको सञ्चालन महानगरले गर्नेछ । लायन्य क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का गभर्नर रामबहादुर वसेलले झण्डापार्कले संसारका पर्यटकलाई आकर्षित गर्ने बताए । महत्त्वपूर्ण कार्यमा लायन्स क्लब जोडिन पाउँदा खुसी लागेको उनले बताए ।

उनले भने, “महेन्द्रपुल पोखराको अति महत्त्वपूर्ण ठाउँ हो, यहाँ सबै क्षेत्रबाट आवातजावत हुन्छ । पोखरामा संसारबाट पर्यटक आउँछन् । यहाँ आएर झण्डा पार्क हेर्दा उनीहरूलाई गौरवबोध हुन्छ । महत्त्वपूर्ण काममा लायन्स सहभागी हुन पाउँदा खुसी छौँ । स्थानीय सरकारसँग सहकार्य गरेर पोखराका लागि काम गर्नेछौँ ।”

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पर्यटकीय हिसाबले झण्डा पार्कको महत्त्व हुने बताए । पोखराको लेकसाइड आउने पर्यटकहरू बजार क्षेत्र रहेको महेन्द्रपुलमा आउने र यसले पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने उनले बताए ।

महानगरले केही दिनअघि महेन्द्रपुलमा नै अत्याधुनिक सार्वजनिक शौचालय निर्माणको थालनी गरेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र महानगरपालिकाको रु एक करोड लागत साझेदारीमा सार्वजनिक शौचालय बनाउन लागिएको हो । महानगरले महेन्द्रपुलमा आफ्नो स्वामित्वमा रहेका दुई पुराना भवन भत्काएर झण्डा पार्क र सार्वजनिक शौचालय निर्माण सुरु गरेको हो ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?