Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

सुरुङमा फसेका नागिरकको उद्धारमा विज्ञ परिचालन गर्न सरकारलाई राप्रपाको आग्रह


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुरुङमार्गभित्र फसेका नागरिकको उद्धारका लागि पावरहाउससम्म पुगेर खोजी तथा उद्धार अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले यस्तो आग्रह गरेका हुन् । उनले जलविद्युत आयोजनाका पावरहाउसमा रहेका नागरिकको उद्धारमा विज्ञ परिचालन गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विपद् प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै स्थानीय तहलाई परिचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको बताएका छन् । सरकारले प्रभावित क्षेत्रमा राहत सामग्री पठाए पनि स्थानीय निकायसँग आवश्यक समन्वय हुन नसक्दा पीडितले राहत पाउन नसकेको शाहीको भनाइ छ ।

उनले भने,‘हामीले सुरुङभित्र फसेका नागगिरकको अहिले पनि उद्धार गर्न सकेका छैनौँ । जो बाहिर देखिनुभएको छ उहाँहरु बाहिर निस्किसक्नुभएको मान्छे हो । सुरुङ मार्गमा रहेका पावरहाउसमा मान्छे जीवित हुनसक्छन् । त्यै भएको कारण पनि हामीले सरकारलाई के आग्रह गरिरहेका छौँ भने सुरुङमार्गभित्र टनेलमा मात्र छिरेर भएर पावरहाउसम्म पुग्नुपर्यो । त्यसका लागि विज्ञ परिचालन गरौँ भनेका छौँ । अर्को कुरा राहत वितरणको छ । आज हामीले राहत वितरणमा तल्लो निकायलाई प्रयोग गर्न पनि आग्रह गरेका छौँ । यहाँबाट राहत गएको छ । तर प्रभावित क्षेत्रका स्थानीय निकायहरुसँग आवश्यक समन्वय हुन नसक्दा पीडितले राहत पाउन सक्नुभएको छैन । अहिले देश र विदेशबाट साथी भाईहरुले गरिरहनुभएको सहयोगको लागि पनि धन्यावाद ।’

उनले विपद्का बेला देश तथा विदेशबाट सहयोग गर्ने सबैप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।


प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?