Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण


काठमाडौँ। आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनस्र्थापनाका सरकारलाई १० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

सोमवार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण पछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ढकालले आइएमईले संसारभरबाट सहयोग रकम नेपाल पठाउन निःशुल्क रेमिट्यान्स सुविधा उपलब्ध गराएको समेत जानकारी दिएका छन् । उनकाअनुसार विश्वका जुनसुकै देशबाट पनि प्रधानमन्त्री राहत कोषमा १० सेप्टेम्बरसम्म निःशुल्क रकम पठाउन सकिनेछ । उनले हालसम्म करिव २० हजार कारोबारमार्फत विदेशबाट प्रधानमन्त्री राहत कोषमा करिब १६ करोड रुपैयाँ जम्मा भइसकेको बताएका छन् । सेप्टेम्बर १० सम्म रेमिट्यान्समार्फत करिब ५० करोड रुपैयाँ सहयोग रकम आउने अपेक्षा गरिएको उनको भनाइ छ । उनले बाढीबाट सिर्जित विपद् गम्भीर रहेको भन्दै सरकारलाई सहयोग गर्दै उद्धार तथा राहतका काममा अघि बढ्न निजी क्षेत्र र आम नागरिकलाई आग्रह गरेका छन् । अध्यक्ष ढकालले विपद्का बेला उद्धार, घाइतेको उपचार, राहत तथा शव व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘ प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुप अन्तर्गतका कम्पनीहरुको एक्युमुलेटेड अमाउन्ट १० करोडको चेक माननीय अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गरेका छौँ । हामीहरुले विदेशबाट जुन रेमिट्यान्स लाग्ने शुल्क पनि अगामी सेप्टेम्बर १० सम्मको लागि फ्री गरेका छौँ । विश्वको जुनसुकै देशका नागरिकले पनि निःशुल्क रुपमा प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्न सक्नुहुनेछ । अहिलेसम्म करिब २० हजार ट्रान्जेक्सनमा करिब १६ करोड रुपैयाँ बराबरको विदेशबाट प्रधानमन्त्री राहत कोषमा जम्मा पनि भइसकेको छ । हामीले सेप्टेम्बर १० सम्मान करिब ५० करोड रुपैयाँ रेमिट्यान्समार्फत आउने विश्वास गरेका छौँ । त्यसैगरी बैंक वित्तीय संस्थाहरु, मनी ट्रान्सफर कम्पनीहरु जति पनि हुनुहुन्छ उहाँहरुले पनि निःशुल्क रुपमा पठाउनुभएको छ । त्यो हिसाबले एकदम सहज हिसाबले प्रधानमन्त्री राहत कोषमा विदेशमार्फत सहयोग आउने एउटा मेकानिज्म पनि बनेको छ । यो विपद्को समयमा प्राइभेट सेक्टरको तर्फबाट र आम पब्लिकको पनि पहिलो प्राथमिकता उद्धारमा नै हुनुपर्छ । त्यसैगरी घाइतेको उपचार, पीडितलाई राहतको कुरा पनि छ । शव व्यवस्थापनको कुरा पनि छ । यस्तो विपद् भूकम्प र कोभिडको समयमा समेत आएको थिएन । त्यसकारण यो समयमा सरकारलाई सहयोग गरेर अघि बढ्नुपर्ने अवस्था छ ।’

आइएमई ग्रुपले अकल्पनीय विपतमा बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूका लागि खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको हो ।


प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?