Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ?


काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार, निष्पक्षता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष राईले आयोगको प्रभावकारितामाथि प्रश्न उठाएका हुन् । राईले प्रधानमन्त्रीले आयोगका आयुक्तहरूलाई बोलाएर दबाबमा राखेको भन्ने चर्चाबारे सत्यतथ्य माग गरेका छन् । कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भएको अवस्थामा कारबाही गर्ने निकाय कुन हो भन्दै उनले दुविधा व्यक्त गरेका छन् । सांसद राईले अख्तियारको परिभाषा केवल आर्थिक विषयमा मात्र सीमित हुन नहुने तर्क गरेका छन् । उनले अधिकारको दुरुपयोग हुनु नै भ्रष्टाचार भएको उल्लेख गर्दै आयोगले आर्थिकबाहेकका अन्य प्रशासनिक र पदीय दुरुपयोगका विषयमा पनि सक्रियता देखाउनुपर्नेमा जोड दिएका छन् । आयोगको काम कारबाही हालसम्म कर्मकाण्डी मात्र देखिएको टिप्पणी गर्दै उनले निष्पक्ष र निर्भय भएर काम गर्न नसके आयोगको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन् । अध्यक्ष राईले भने, ‘प्रधानमन्त्रीले आयुक्तहरूलाई बोलाएर बन्दी जस्तो बनाउनुभएको कुरा सदनमा पनि उठेको थियो । त्यो दिन आयोगका पदाधिकारीहरूलाई त्यहाँ लगेर के के गर्न लगाइयो, यसबारे स्पष्ट पारिनुपर्छ ।’ राईले आयोगले गर्ने अनुसन्धानमा विभेद भएको आरोप समेत लगाएका छन् । पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूलाई मात्र कारबाहीको दायरामा ल्याइने तर बहालवाला पदाधिकारीहरूलाई उन्मुक्ति दिइने प्रवृत्तिप्रति उनले आपत्ति जनाएका छन् ।

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार, निष्पक्षता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।

बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष राईले आयोगको प्रभावकारितामाथि प्रश्न उठाएका हुन् । राईले प्रधानमन्त्रीले आयोगका आयुक्तहरूलाई बोलाएर दबाबमा राखेको भन्ने चर्चाबारे सत्यतथ्य माग गरेका छन् । कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भएको अवस्थामा कारबाही गर्ने निकाय कुन हो भन्दै उनले दुविधा व्यक्त गरेका छन् । सांसद राईले अख्तियारको परिभाषा केवल आर्थिक विषयमा मात्र सीमित हुन नहुने तर्क गरेका छन् । उनले अधिकारको दुरुपयोग हुनु नै भ्रष्टाचार भएको उल्लेख गर्दै आयोगले आर्थिकबाहेकका अन्य प्रशासनिक र पदीय दुरुपयोगका विषयमा पनि सक्रियता देखाउनुपर्नेमा जोड दिएका छन् । आयोगको काम कारबाही हालसम्म कर्मकाण्डी मात्र देखिएको टिप्पणी गर्दै उनले निष्पक्ष र निर्भय भएर काम गर्न नसके आयोगको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन् ।

अध्यक्ष राईले भने, ‘प्रधानमन्त्रीले आयुक्तहरूलाई बोलाएर बन्दी जस्तो बनाउनुभएको कुरा सदनमा पनि उठेको थियो । त्यो दिन आयोगका पदाधिकारीहरूलाई त्यहाँ लगेर के के गर्न लगाइयो, यसबारे स्पष्ट पारिनुपर्छ ।’

राईले आयोगले गर्ने अनुसन्धानमा विभेद भएको आरोप समेत लगाएका छन् । पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूलाई मात्र कारबाहीको दायरामा ल्याइने तर बहालवाला पदाधिकारीहरूलाई उन्मुक्ति दिइने प्रवृत्तिप्रति उनले आपत्ति जनाएका छन् ।


प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?