Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

संसदको मर्यादा कायम गर्ने जिम्मेवारी रास्वपाको हो, संसदमा मर्यादित ढङ्गले प्रश्तुत हुनुपर्छः सभापति लामिछाने


संसदको मर्यादा कायम गर्ने जिम्मेवारी रास्वपाको हो, संसदमा मर्यादित ढङ्गले प्रश्तुत हुनुपर्छः सभापति लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदको मर्यादा कायम गर्ने जिम्मेवारी रास्वपाको भएकोले सांसदहरुले मर्यादा कायम राख्नुपर्ने बताएका छन् ।

बुधवार सिंहदरबारमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सांसदहरु मर्यादित हुनुपर्ने बताएका छन् । उनले ठूलो राजनीतिक दलमा धेरै सांसद हुँदा बोल्ने क्रममा एक–दुई जनाबाट विवादित अभिव्यक्ति आउन सक्ने बताएका छन् । यसलाई समग्र पार्टीको धारणा भनेर बुझ्न नहुने उनको भनाई छ । उनले पछिल्लो समय संसदमा पार्टीका सांसदहरूको प्रस्तुति, उठाइने विषय र सरकारका कामकारबाहीबारे आएका प्रश्नमाथि बुधवार सांसदहरुसंग आन्तरिक छलफल गरेको जानकारी दिएका छन् । उनकाअनुसार सरकार, मन्त्रालय तथा मन्त्रीहरूका विषयमा पार्टीभित्र कुनै असन्तुष्टि भए त्यसबारे पनि छलफल गर्ने उद्देश्यले सांसदहरूसँग अन्तरक्रिया गरिएको बताएका छन् । उनले सांसदहरुलाई मर्यादित ढंगले जनसवालका प्रश्नहरु उठाउन अभिमुखिकरण लगायतका कार्यक्रम आयोजना गर्ने पनि जानकारी दिएका छन् ।

उनले भने, ‘एउटा राजनीतिक दलभित्र र यदि धेरै सांसदहरु भएको ठूलो राजनीतिक दलभित्र कहिलेकाहीँ कुनै न कुनै विषय कसैले बोल्दाखेरि कतिपय कुरा चिप्लिन सक्ला, कतिपय गर्दाखेरि कहिलेकाहीँ यताउता हुनसक्ने सम्भावना हुन्छ, संख्या नै यति धेरै हुनुहुन्छ, त्यसले गर्दा हुने हो । तर समग्रमा त्यस्तो होइन, त्यस्तो पनि बुझाइ गर्नु हुँदैन । एक–दुई जना साथीहरुको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ । त्यसलाई सम्हाल्ने हामी गरिहाल्छौँ, त्यस्तो केही छैन । आजको छलफलको मुख्य उद्देश्य संसदमा हामी जसरी प्रस्तुत भइरहेका छौँ, त्यो संसदमा प्रश्तुत हुने विषय, त्यहाँको प्रस्तुति, यी सबै विषयहरुमा कताकता आम नागरिकतहबाट पनि प्रश्नहरु आइरहेको, पार्टी पङ्क्तिले पनि अलिकति छलफल गर्नुपर्छ कि भनेर हो । हामी सबै एउटै ठाउँमा हुनुपर्छ । केही असन्तुष्टिहरु छन् कि ? सरकारका विषयलाई लिएर, मन्त्रालय, मन्त्री या कसैको विषयमा केही छ कि भनेर हामीले आन्तरिक छलफलहरु ग¥यौँ । संसदको मर्यादा कायम गर्ने जिम्मेवारी पनि हाम्रो रहन्छ । संसदमा मर्यादित ढङ्गले प्रस्तुत हुने, संसदमा उठ्ने विषयवस्तुहरु आम नागरिकको जीवनसँग जोडिएका विषयहरु हुने, यी सबै यावत कुराहरु जति पनि छन् त्यसलाई एकैपटक छलफल गर्ने र छलफल गरिसकेपछि एउटा बेटर अन्डरस्ट्यान्डिङका साथ अगाडि जाने भन्ने विषयमा आज छलफल भएको छ ।’

बैठकमा प्रधानमन्त्री तथा रास्वपाका संसदीय दलका नेता बालेन्द्र साह भने उपस्थित भएका थिएनन् । सभापति लामीछानेले सांसदहरुसँग भएको छलफल संसदीय दलको औपचारिक बैठक नभएकोले संसदीय दलका नेता सहभागी नभएको बताए । दलको औपचारिक बैठकमा संसदीय दलका नेता सहभागी हुनेमा कुनै दुविधा नरहेको उनको भनाई छ ।

उनले भने, ‘संसदीय दलमा आज हाम्रो छलफल हो । संसदीय दलको बैठक होइन । हामीले बोलाउँदा खेरि नै सभापतिले सांसदहरुसँग गर्ने छलफल कार्यक्रम हो । दलको बैठक हुँदैछ । त्यसमा दलको नेता आइहाल्नुहुन्छ, त्यसमा कुनै दुविधा छैन ।’

संसद तथा संसदीय समितिमा रास्वपाका सांसदहरुले दिने अभिव्यक्ति विवादमा पर्न थालेपछि सभापति लामिछानेले बुधवार संसदसंग अन्र्तक्रिया गरेका हुन् ।


प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?