Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

परराष्ट्र नीति दलीय स्वार्थभन्दा माथि र परिणाममुखी हुनुपर्छः सभापति उदास


परराष्ट्र नीति दलीय स्वार्थभन्दा माथि र परिणाममुखी हुनुपर्छः सभापति उदास

काठमाडौँ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुम्निमा उदासले नेपालको परराष्ट्र नीति कुनै दल वा व्यक्तिको स्वार्थभन्दा माथि उठेर सामुहिक राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने बताएकी छिन् ।

नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा बोल्दै सभापति उदासले परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन संस्थागत क्षमता अभिवृद्धि र यसलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिएकी हुन् । उनले सरकार र राजनीतिक नेतृत्व परिवर्तन भएपनि राष्ट्रिय हित दीर्घकालीन हुने उल्लेख गर्दै परराष्ट्र नीतिलाई स्थिर र साझा दृष्टिकोणका रूपमा अगाडि बढाउनुपर्ने बताएकी छिन् । उदासले नेपालले कुनैपनि महत्वपूर्ण अन्तर्राष्ट्रिय निर्णय लिनुअघि तीनवटा मुख्य आधारहरूलाई मापदण्ड बनाउनुपर्ने प्रश्ताव गरिन् । उनकाअनुसार, पहिलो–कुनै पनि निर्णयले नेपालको सार्वभौमसत्ता र रणनीतिक स्वायत्ततालाई कति मजबुत बनाउँछ भन्ने हेरिनुपर्छ । दोस्रो– त्यस निर्णयले नेपाली नागरिकको समृद्धि, रोजगारी र अवसर सिर्जनामा पु¥याउने योगदानको मूल्याङ्कन हुनुपर्छ । र तेस्रो– यसले भावी पुस्तालाई कस्तो प्रकारको सुरक्षित, समृद्ध र सम्मानित नेपाल हस्तान्तरण गर्छ भन्ने पक्षलाई आत्मसात गरिनुपर्छ ।

सभापति उदासले भनिन् , ‘नेपालको परराष्ट्र नीतिलाई समयानुकूल, संस्थागत रूपमा सक्षम र परिणाममुखी बनाउनु आजको आवश्यकता हो । वर्तमान सरकारको दृष्टिकोणमा परराष्ट्र नीति कुनै दल, सरकार वा व्यक्तिको स्वार्थको विषय होइन, सम्पूर्ण नेपाली जनताको सामूहिक हितसँग जोडिएको राष्ट्रिय नीति हो । सरकार र राजनीतिक नेतृत्व परिवर्तन हुन सक्छन्, प्राथमिकताहरू फेरिन सक्छन्, तर नेपालको राष्ट्रिय हित दीर्घकालीन हुन्छ । मलाई लाग्छ, नेपालले कुनैपनि महत्वपूर्ण अन्तर्राष्ट्रिय निर्णय लिनुअघि कम्तीमा तीनवटा प्रश्न गर्नुपर्छ । पहिलो, यसले नेपालको सार्वभौमिकता र रणनीतिक स्वायत्तता कति बलियो बनाउँछ ? दोस्रो, यसले नेपाली नागरिकको समृद्धि, रोजगारी र अवसरमा कति योगदान पु¥याउँछ ? तेस्रो, यसले भावी पुस्तालाई कस्तो सुरक्षित, समृद्ध र सम्मानित नेपाल हस्तान्तरण गर्छ ? यी तीन प्रश्नको उत्तर नै नेपालको राष्ट्रिय हित मापन गर्ने आधार बन्न सक्छ ।’

यी तीन प्रश्नको उत्तर नै नेपालको राष्ट्रिय हितको वास्तविक मापदण्ड बन्नुपर्ने सभापति उदासको भनाइ छ । उनले नेपालको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउन स्पष्ट मार्गचित्र र राष्ट्रिय सहमति आवश्यक रहेको समेत बताएकी छिन् ।


प्रकाशित मिति: २८ श्रावण २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?