Trending
>>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्णः डा. राजन भट्टराई


दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्णः डा. राजन भट्टराई

काठमाडौँ। नेकपा एमालेका सचिव एवं परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराईले दक्षिण एशियामा भइरहेको राजनीतिक फेरबदल र शक्ति राष्ट्रहरूबीचको प्रतिष्पर्धाले नेपालका लागि नयाँ चुनौती थपेको बताएका छन् ।

नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. भट्टराईले दक्षिण एशियाका प्रमुख मुलुकहरूमा देखिएको शासन परिवर्तन (रिजिम चेन्ज) को लहर र त्यसले शक्ति राष्ट्रहरूबीच निम्त्याउन सक्ने सहकार्य वा द्वन्द्वको अवस्थाबारे सुक्ष्म विश्लेषण आवश्यक रहेकोमा जोड दिएका छन् । उनकाअनुसार नेपालमा सञ्चालित कनेक्टिभिटीका परियोजनाहरू, अमेरिकी सहयोग परियोजना (एमसीसी) र चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता विषयहरू अहिले यही भूराजनीतिक खिचातानीसँग जोडिएका छन् । नेपालको भौगोलिक अवस्थितिको महत्व उल्लेख गर्दै डा. भट्टराईले शक्ति राष्ट्रहरूको उदयसँगै नेपाल उनीहरूको निगरानीको केन्द्र बनेको टिप्पणी गरेका छन् । उनीहरूले नेपालमा आफ्नो प्रभाव विस्तार र सुदृढीकरण गर्न खोजिरहेको भन्दै उहाँले यसलाई ’सफ्ट बेली’ माथिको निगरानीका रूपमा अथ्र्याएका छन् ।

डा. भट्टराईले भने, ‘खासगरी नेपाल र दक्षिण एशियाका प्रमुख मुलुकहरू पछिल्लो समय जुन किसिमको सत्ता परिवर्तन र राजनीतिक संक्रमणको प्रक्रियाबाट गुज्रिरहेका छन्, त्यसले उनीहरूबीचको सम्बन्धलाई प्रतिस्पर्धाबाट सहकार्यतर्फ लैजाने सम्भावना छ कि प्रतिष्पर्धा अझ बढेर टकरावतर्फ जाने हो भन्ने प्रश्न महत्वपूर्ण छ । यसले नेपालमा प्रत्यक्ष प्रभाव पार्छ । यदि सहकार्यतर्फ उन्मुख भए त्यसको सकारात्मक प्रभाव पर्न सक्छ । तर प्रतिस्पर्धा टकरावतर्फ गयो भने त्यसको असर नेपालमा पनि पर्नेछ। त्यसैले यो पक्ष हाम्रा लागि अत्यन्त महत्वपूर्ण छ । कनेक्टिभिटी, एमसीसी, बीआरआईलगायतका विषय पनि यही भू–राजनीतिक परिवेशसँग जोडिएका छन् । दुई ठूला शक्तिबीच रहेको नेपालको भूराजनीतिक महत्व उनीहरूको उदयसँगै झन् बढेको छ । तेस्रो शक्तिसँगको प्रतिस्पर्धाका दृष्टिले नेपाल उनीहरूका लागि रणनीतिक रूपमा महत्वपूर्ण स्थान बनेको छ । त्यसैले उनीहरूले आफ्नो प्रभाव विस्तार र उपस्थिति सुदृढ गरिरहेका छन् । तर यस्ता विषयमा गहिरो अध्ययन र विश्लेषण गर्ने हाम्रा संस्थागत संरचना अझै पर्याप्त छैनन् । परिणामतः हामी चुनौतीपूर्ण अवस्थामा छौँ । यो वास्तविकतालाई समयमै सम्बोधन गर्न सक्यौँ भने मुलुकलाई सही दिशामा अघि बढाउन सक्छौँ । अन्यथा, हामी आपसमा मिल्न नसक्ने र अन्ततः अरूले मिलाइदिनुपर्ने अवस्थातर्फ जाने जोखिम छ ।’

परराष्ट्र मामिलाका सम्बन्धमा नेपालको आन्तरिक तयारी कमजोर रहेको प्रति उनले चिन्ता व्यक्त गरेका छन् । यदि यो यथार्थलाई समयमै बुझेर सम्बोधन गर्न नसकिए मुलुक गम्भीर संकटमा फस्ने उनको चेतावनी छ ।


प्रकाशित मिति: २८ श्रावण २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?