Trending
>>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

राष्ट्रिय स्वार्थ रक्षाका लागि कुटनीतिक मर्यादाभन्दा नतिजा मुख्य हुन्छः डा. प्रकाशशरण महत


राष्ट्रिय स्वार्थ रक्षाका लागि कुटनीतिक मर्यादाभन्दा नतिजा मुख्य हुन्छः डा. प्रकाशशरण महत

काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले मुलुकको राष्ट्रिय स्वार्थ रक्षाका लागि कुटनीतिक मर्यादा वा पदभन्दा पनि प्रभावकारी संवाद र शक्ति सन्तुलन महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका डा. महतले उक्त विचार व्यक्त गरेका हुन् । नेता महतले मुलुक हाल असहज र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरे । वि.सं. २०३३ सालमा वीपी कोईरालाले अवलम्वन गरेको राष्ट्रिय मेलमिलापको नीतिको सन्दर्भ उल्लेख गर्दै उनले राष्ट्रियता र लोकतन्त्र एकअर्काका पूरक भएको बताए । आन्तरिक राजनीतिका कमजोरीबारे चर्चा गर्दै डा. महतले पछिल्ला केही घटनाक्रमले नेपाल भित्रैदेखि खोक्रो हुँदै गएको संकेत गरेको बताएका छन् । गत वर्षको भदौ २३ र २४ गतेका घटनाहरूलाई उदाहरणका रूपमा प्रश्तुत गर्दै उनले नयाँ पुस्ता (जेन–जी) ले सुशासन र इन्टरनेट जस्ता अधिकारका लागि आवाज उठाउँदा पनि नेतृत्वले त्यसलाई सही ढंगले बुझ्न र सम्बोधन गर्न नसकेको तर्क गरेका छन् । आन्तरिक रूपमा मजबुत नभई देशलाई बलियो बनाउन नसकिने र समस्याहरू थप जटिल बन्दै जाने उनको ठहर छ । परराष्ट्र नीतिका सम्बन्धमा डा. महतले कुटनीतिको मुख्य ध्येय राष्ट्रिय स्वार्थको संरक्षण हुनुपर्नेमा जोड दिए । पद र मर्यादाको बराबरी खोज्नुभन्दा पनि वास्तविक शक्ति र प्रभावलाई बुझ्नुपर्ने उनको भनाइ छ ।

डा. महतले भने, ‘ देशको कुरा गर्ने हो भने हामी अहिले अत्यन्तै संकटपूर्ण अवस्थामा छौँ । २०३३ सालमा वीपी कोईराला नेपाल फर्किंदा पनि राष्ट्रिय संकटको अवस्था थियो । उहाँले राष्ट्रियता कमजोर भयो भने लोकतन्त्रको अर्थ हुँदैन र लोकतन्त्रबिना राष्ट्रियता पनि बलियो हुन सक्दैन भन्ने सन्दर्भमा राष्ट्रिय मेलमिलापको कुरा उठाउनुभएको थियो । मलाई लाग्छ, अहिलेको सन्दर्भमा पनि नेपाल निकै उकुसमुकुसपूर्ण परिवेशमा छ । भदौ २३ र २४ गतेको घटनालाई केवल आन्तरिक असन्तुष्टिका रूपमा बुझेर पुग्दैन । जेन–जी पुस्ताका भाइबहिनीहरूले इन्टरनेट बन्द किन गरियो, सुशासन किन भएन भन्ने प्रश्न उठाएका थि ए। उनीहरू संसदसम्म जाने वा त्यसपछाडि जाने कुरा गरेका थिएनन् । तर उनीहरूको आवाजलाई समयमै कसैले गम्भीरतापूर्वक सुनेन । यसले हाम्रो आन्तरिक अवस्था कति कमजोर र खोक्रो भएको छ भन्ने देखाउँछ । जबसम्म हामी यो वास्तविकतालाई महशुस गरेर सुधार गर्न सक्दैनौँ, देशलाई बलियो बनाउन सक्दैनौँ र समस्याहरू झन् जटिल बन्दै जान्छन् । अर्को कुरा, कुटनीतिमा तपाईं कुन तह वा पदमा हुनुहुन्छ भन्ने मात्र महत्वपूर्ण हुँदैन । चीनमा देङ स्याओपिङ कुनै बेला औपचारिक रूपमा माथिल्लो तहमा नहुनुभए पनि अमेरिका, रुस लगायतका शक्तिहरूले उहाँलाई नै खोज्थे । त्यसैले महत्वपूर्ण कुरा भनेको पावर कहाँ छ भन्ने हो । आफ्नो राष्ट्रिय स्वार्थ संरक्षण गर्ने हो भने जुन तहमा गएर भए पनि त्यसलाई संरक्षण गर्न सक्ने क्षमता र इच्छाशक्ति महत्वपूर्ण हुन्छ । म तिमीसरहको पदमा छु, त्यसैले मलाई पनि त्यही रूपमा हेर भनेर मात्र कुटनीति चल्दैन । अन्ततः महत्वपूर्ण कुरा भनेको राष्ट्रिय स्वार्थको संरक्षण हो ।’

कुटनीतिमा अहं पाल्नुभन्दा राष्ट्रको हितका लागि लचिलो हुनुपर्ने उल्लेख गरेका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?