Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

प्रधानमन्त्री साह र भारतीय राजदुत श्रीवास्तवबीच भेटवार्ता


प्रधानमन्त्री साह र भारतीय राजदुत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साह र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विविध विषयमा छलफल भएको हो । भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, विकास साझेदारी तथा विभिन्न क्षेत्रमा भइरहेको सहकार्यको समीक्षा गरिएको थियो । उक्त अवसरमा राजदुत श्रीवास्तवले प्रधानमन्त्री साहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउन भारत सदैव प्रतिवद्ध रहेको बताएका छन् ।

यस्तै, प्रधानमन्त्री साहले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । भेटमा दुवै पक्षले द्विपक्षीय सहयोगलाई थप उचाईमा पु¥याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?