Trending
>>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

सांसदहरुलाई रास्वपाको निर्देशन–गृह जिल्ला फर्किएर सामाजिक सद्भाव कायम गर्न भुमिका खेल्नू


सांसदहरुलाई रास्वपाको निर्देशन–गृह जिल्ला फर्किएर सामाजिक सद्भाव कायम गर्न भुमिका खेल्नू

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरी, सिरहा लगायत पूर्वी जिल्लाका सांसदहरुलाई गृह जिल्ला फर्किएर बढ्दो तनाव कम गरि सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्न निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा मधेश र कोशी प्रदेशका सांसदहरुको बैठकमा पार्टी सभापति रवि लामिछानेले यस्तो निर्देशन दिएको सांसद रहबर अन्सारीले जानकारी दिएका हुन् । उनकाअनुसार बैठकमा सभापति लामिछानेले कुनैपनि किसिमको धार्मिक सद्भाव भड्कन नदिने कुरामा पार्टी गम्भीर रहेको भन्दै निर्वाचन क्षेत्र गएर जिम्मेवार भूमिका निर्वाह गर्न निदेशन दिएका हुन् । सांसद अन्सारीले पार्टीको निर्देशन बमोजिम सबै सांसदहरु आ–आफ्नो जिल्ला जान लागेको बताएका छन् । उनले राज्यका हरेक नागरिक एउटै परिवार हो भन्ने कुरामा पार्टी स्पष्ट भएको भन्दै नागरिक वा समूदायमाथि आइपर्ने कुनैपनि प्रकारको आपत्तिलाई पार्टी गम्भीर रुपमा लिने बताए । बैठकबाट बाहिरिँदै उनले नागरिकलाई धार्मिक, जातीय वा साम्प्रदायिक भावनामा ठेस पुग्ने, द्वेष फैलाउने र हिंसा भड्काउने खालका अभिव्यक्ति नदिन समेत अपिल गरेका छन् ।

उनले भने , ‘राज्यका हरेक नागरिक एउटै परिवार हौँ भन्ने कुरामा पार्टी स्पष्ट छ । कुनैपनि नागरिक वा समूदायमाथि कुनैपनि प्रकारको आपत्ति आउँछ भने पार्टी गम्भीर रुपमा लिन्छ । र पार्टीका प्रत्येक सांसद र सदस्यले समेत मुलुकको उत्पन्न समस्याको अनरसिप लिनुपर्छ भन्दै उहाँ(सभापति)ले स्पष्ट निर्देशन दिनुभएको छ, पार्टीका सम्पूर्ण सांसदहरु आआफ्नो जिल्लामा गएर समन्वयकारी भूमिका खेल्न र सद्भावको सन्देश दिँदै यसप्रकारका सामाजिक सद्भाव कायम राख्न भूमिका खेल्नू भन्नुभएको छ । सोही अनुरुप हामी आआफ्नो प्रदेश र जिल्ला जान्छौँ । र राज्यका संयन्त्रहरुसँग आवश्यक समन्वय पनि गर्छौँ ।’

सुनसरी, सिरहा लगायत पूर्वी जिल्लमा धार्मिक तनाव उत्पन्न भएको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?