Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिउडको बोको बनाउन पाइँदैनः सचेतक मेचे


काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (एमाले) की सचेतक रोशनी मेचेले प्रशासनिक बोझ संघीय सरकारमै रहेकाले प्रदेशलाई मात्र बलिउडको बोको बनाउन नहुने बताएका छन् ।

बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारको कार्यशैली, देशको वर्तमान वित्तीय अवस्था र सुशासनको खस्कँदो अवस्थाप्रति ध्यानाकर्षण गराउदै संघीय सरकारको कमजोर वित्तीय अनुशासन र बोझिलो संरचनालाई लुकाउन प्रदेश संरचनामाथि प्रश्न उठाउनु तथ्यहीन रहेको दाबी गरेकी छिन् । सचेतक मेचेले पछिल्लो समय प्रदेश संरचना महँगो भएको भन्दै यसलाई खारेज गर्ने तर्क सस्तो लोकप्रियतावादका लागि फैलाइएको टिप्पणी गरिन् । विगत ३५ वर्षमा देशमा केही उपलब्धि नभएको भन्ने नकारात्मक भाष्यको खण्डन गर्दै मेचेले २०४६ सालयता साक्षरता दर ३९ प्रतिशतबाट बढेर ७६.२ प्रतिशत पुगेको र नेपालीको औसत आयु ५४ वर्षबाट ७१ वर्ष पुगेको तथ्य पेस गरिन् । मातृ मृत्युदर र बाल मृत्युदर न्युनिकरणमा नेपालले हासिल गरेको प्रगति विश्वमै उदाहरणीय रहेको उनले बताइन् ।

उनले भनिन्, ‘सातै प्रदेशका पदाधिकारीको पारिश्रमिक र भत्तासहितको प्रशासनिक खर्च जम्मा ५ अर्ब ४५ करोड रुपैयाँ मात्र छ । तर संघीय सरकारको एउटै मन्त्रालयको बजेट त्योभन्दा बढी देखिन्छ । वित्तीय संकटको मुख्य स्रोत प्रादेशिक संरचना नभई संघीय सरकारकै बोझिलो संरचना र फितलो अनुशासन हो । विदेशका गल्लीमा स्टिकर टाँसेर युवा फर्काउने बाचा गर्नेहरू आज सत्तामा छन्, तर स्वदेशमा रहेका युवाको रोजगारी खोसिँदै छ ।’

वर्तमान सरकारको असफलताका कारण ती ऐतिहासिक उपलब्धिहरू ओझेलमा परेको र युवाहरूमा चरम निराशा छाएको उनको तर्क छ । रोजगारीको अभावमा युवाहरू आत्मदाह गर्न बाध्य हुनुलाई उनले सरकारको चरम असफलताको रूपमा चित्रण गरिन् । सचेतक मेचेले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएकोमा सरकारको आलोचना गरेकी छिन् ।


प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?