Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

बालेन्द्र साह ‘नेपाली हिटलर’ को शैलीमा प्रश्तुत भएको महन्थ ठाकुरको आरोप


बालेन्द्र साह ‘नेपाली हिटलर’ को शैलीमा प्रश्तुत भएको सांसद महन्थ ठाकुरको आरोप

काठमाडौँ।जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।

बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ठाकुरले साह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’को संज्ञा दिँदै साहलाई ‘नेपाली हिटलर’ को रूपमा टिप्पणी गरेका छन् । ठाकुरले सरकारले जनतालाई दिएका कुनैपनि आश्वासन पूरा नगरेको दाबी गरे । सांसद ठाकुरले साहले कर्मचारी प्रशासनमाथि प्रहार गरेको र दरबन्दीमा रहेका कर्मचारीहरूलाई हटाएर आन्दोलनको स्थिति सिर्जना गरेको आरोप लगाएका छन् । साथै, राजनीतिक दलका कार्यालयहरूमा हस्तक्षेप गर्ने, फर्निचर जलाउने र दलहरूमाथि निरन्तर आक्रमण गर्ने कार्य भइरहेको उनको जिकिर छ ।

उनले भने,‘बालेन सरकारले दिएका आश्वासनहरू पूरा नहुँदा देशमा निराशा छाएको छ र आत्महत्याका घटनाहरू बढ्दै गएका छन् । दलका नेताहरू असुरक्षित महशुस गरिरहेका छन् भने व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन् । यसले नेपालको आर्थिक अवस्थालाई थप कमजोर बनाउँदै लगेको छ । सरकारको भरमा मात्र शिक्षा र स्वास्थ्य चल्न सक्दैन । नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ । यो सरकारले ट्रेड युनियन, विद्यार्थी सङ्गठनलाई खारेज गरेको छ । यस किसिमले प्रत्येक संस्था जो अर्गनाइज संस्था छ त्यो अर्गनाइजेसनलाई त उनले हेर्नै चाहँदैन । अर्गनाइजेसनलाई आक्रमण गरेर उनलाई खत्तम गरेर अब के गर्न खोजेको हो ? आफ्नो सङ्गठन बनाउने हो कि कि आफ्नो स्वतन्त्र के भन्ने उनलाई ? नेपाली डिक्टेटर, नेपाली हिटलर । नेपाली हिटलर भइसकेको छ उनले जो बोल्छ त्यही ठिक हो, जो गर्छ त्यही कानून हो । त यस प्रकार चाहिँ देशलाई धरातल उसमा लागिरहेको छ ।’

शिक्षा र स्वास्थ्य क्षेत्रका विषयमा बोल्दै ठाकुरले निजी विद्यालय (बोर्डिङ स्कुल) र नर्सिङ होमहरूमाथि भइरहेको कडाइले लाखौँ विद्यार्थी र शिक्षकको भविष्यमा असर पर्ने बताएका छन् ।


प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?