Trending
>>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

पोखराको फेवातालमा डुङ्गा दौड प्रतियोगिता


३० चैत्र ,लेखनाथ । पोखराको लेकसाइडमा सुरु भएको फेवा नव वर्ष महोत्सवअन्तर्गत आज दोस्रो दिन फेवातालमा आयोजित डुङ्गा दौड प्रतियोगितामा तालपारिको समूह प्रथम भएको छ ।प्रतियोगितामा बाराही घाट ‘ए’ समूह द्वितीय भएको छ भने बाराही घाट ‘डी’ ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट ‘बी’ समूहले सान्त्वना स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा कूल आठ समूहले भाग लिएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका समूहले क्रमशः रु १५ हजार, रु १० हजार र रु आठ हजार पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना पुरस्कारस्वरुप रु पाँच हजार प्रदान गरियो । पाँचौँ स्थान हासिल गर्ने समूहलाई जङ्गल पावर ट्वान्टी फोर आवरका तर्फबाट निःशुल्क खानाको व्यवस्था गरिएको थियो ।

होटल सङ्घ नेपालद्वारा आयोजित उक्त दौड प्रतियोगितामा सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदी लगायतले विजेतालाई पुरस्कार प्रदान गरे । सहभागीहरु पहारीघाटबाट डुङ्गा खियाएर ताल पारि रहेको लेकहाउमा पुगेर पुनः सोही घाटमा फिर्ता आएका थिए ।

प्रत्येक समूहमा तीनजना सहभागी रहेका थिए । नयाँ वर्षलाई स्वागत गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउने उद्देश्यले तालमा डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक सुवेदीले जानकारी दिए ।

पञ्चेबाजा र नाचगानसहित आयोजित प्रतियोगिताले पोखराको पर्यटन प्रवरद्धनमा सघाउ पुग्ने विश्वास प्रतियोगिताका संयोजक एवं फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले बताए । प्रतियोगिताका लागि सङ्गठनले निःशुल्क डुङ्गा उपलब्ध गराएको थियो ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?