Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

पोखराको फेवातालमा डुङ्गा दौड प्रतियोगिता


३० चैत्र ,लेखनाथ । पोखराको लेकसाइडमा सुरु भएको फेवा नव वर्ष महोत्सवअन्तर्गत आज दोस्रो दिन फेवातालमा आयोजित डुङ्गा दौड प्रतियोगितामा तालपारिको समूह प्रथम भएको छ ।प्रतियोगितामा बाराही घाट ‘ए’ समूह द्वितीय भएको छ भने बाराही घाट ‘डी’ ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट ‘बी’ समूहले सान्त्वना स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा कूल आठ समूहले भाग लिएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका समूहले क्रमशः रु १५ हजार, रु १० हजार र रु आठ हजार पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना पुरस्कारस्वरुप रु पाँच हजार प्रदान गरियो । पाँचौँ स्थान हासिल गर्ने समूहलाई जङ्गल पावर ट्वान्टी फोर आवरका तर्फबाट निःशुल्क खानाको व्यवस्था गरिएको थियो ।

होटल सङ्घ नेपालद्वारा आयोजित उक्त दौड प्रतियोगितामा सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदी लगायतले विजेतालाई पुरस्कार प्रदान गरे । सहभागीहरु पहारीघाटबाट डुङ्गा खियाएर ताल पारि रहेको लेकहाउमा पुगेर पुनः सोही घाटमा फिर्ता आएका थिए ।

प्रत्येक समूहमा तीनजना सहभागी रहेका थिए । नयाँ वर्षलाई स्वागत गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउने उद्देश्यले तालमा डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक सुवेदीले जानकारी दिए ।

पञ्चेबाजा र नाचगानसहित आयोजित प्रतियोगिताले पोखराको पर्यटन प्रवरद्धनमा सघाउ पुग्ने विश्वास प्रतियोगिताका संयोजक एवं फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले बताए । प्रतियोगिताका लागि सङ्गठनले निःशुल्क डुङ्गा उपलब्ध गराएको थियो ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?