Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीको ‘विवादास्पद’ अभिव्यक्ति र संसदीय नियमावलीप्रति सांसद शाहीको आपत्ति


काठमाडौ। नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीको गैर–जिम्मेवार अभिव्यक्ति र संसदीय नियमावली पारित गर्दा अपनाइएको प्रक्रियाप्रति आपत्ति जनाएका छन् ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शाहीले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति राष्ट्रिय सार्वभौमिकताको विरुद्धमा रहेको दाबी गरेका छन् । संसद सञ्चालन सम्बन्धी नियमावलीमा प्रतिपक्षका सुझाव र संशोधनलाई बेवास्ता गर्दै सभामुखले बलपूर्वक प्रक्रिया अगाडि बढाएको उनको आरोप छ । संविधान संशोधनको प्रक्रिया र सांसदहरूको पद निलम्वन सम्बन्धी व्यवस्था संविधानसँग बाझिएको उल्लेख गर्दै उनले नियमावली संविधानभन्दा माथि हुन नसक्ने तर्क गरेका छन् ।

उनले प्रधानमन्त्री बालेन्द्र साहको संसद्मा भएको आकस्मिक उपस्थितिलाई शाहीले ‘फिल्मी शैली’ को संज्ञा दिएका छन् । नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि तीन दिन अगाडि नै प्रश्नहरू दर्ता गर्नुपर्ने र १५ जना सांसदको रोलक्रम निर्धारण गरिने व्यवस्था भएपनि प्रधानमन्त्रीले ती सबै प्रक्रियालाई बेवास्ता गरेको उनले बताएका छन् ।


प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?