Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

संसद्मा शक्तिको चरम दुरुपयोग भएको सभापति थापाको आरोप, अदालतको हस्तक्षेपको माग


काठमाडौ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संसद्मा नियमावलीको ठाडो उल्लंघन भइरहेको बताएका छन् ।

सोमवार लुम्बिनी प्रदेशको कार्यक्रममा बोल्दै उहाँले आईतवारको प्रतिनिधि सभा नियमावली पारितको विषयलाई संसदीय इतिहासकै लज्जास्पद विषय भएको बताएका छन् । संसद सञ्चालनका लागि बनाइएका कानून र कार्यविधिहरूलाई बेवास्ता गर्दै शक्तिको चरम दुरुपयोग गरिएको उनको आरोप छ । सभापति थापाले संसद सञ्चालन गर्न बनाइएको नियमावली एउटा वैधानिक कानून भएको स्मरण गराउँदै, संविधान र प्रचलित कानूनभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गरेका छन् । उनले कुनै अमुक व्यक्तिका लागि विशेष अधिकारको व्याख्या गर्ने र संसदको शक्तिको दुरुपयोग गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेका छन् । उनले यस्तो प्रवृत्तिको जनस्तरबाट समेत सक्रिय प्रतिरोध र विरोध भइरहेको बताउँदै संसद्मा नियमावली जबरजस्ती पारित गरिएकोमा आपत्ति जनाएका छन् । यस विषयमा अब सम्मानित अदालतले बोल्नुपर्ने सभापति थापाको धारणा छ ।

उनले भने, ‘संसदबाट संसदको नियमको ठाडो उल्लंघन जसरी भइरहेको छ, यो संसदको इतिहासमै अत्यन्त लज्जास्पद विषय हो । संसदको नियमावली पारित गरियो, यो यहाँ सबैलाई थाहा छ । त्यो नियमावली किन ल्याइयो ? संसदको नियम भनेको संसद सञ्चालन गर्ने एउटा सानो कानून हो । जसरी कुनै बैठक सञ्चालन गर्नका लागि हामीले कानुन बनाएका हुन्छौँ, त्यसैगरी संसद सञ्चालन गर्न पनि नियम बनाइएको हो । सभामुखज्यूले आफैँ कहिल्यै नझुक्ने, कहिल्यै नरोकिने कामको पछाडि कस्तो प्रकारको दम्भ थियो ? संसद सञ्चालन गर्न बनाइएको कानूनमा जबरजस्ती गरेर, संविधानमा जे लेखिएको भएपनि र कानूनमा जे लेखिएको भएपनि यो संसद्भित्रका एउटा व्यक्तिसँग नेपालमा अरू कसैसँग नभएको विशेष अधिकार हुन्छ रे भन्ने व्यवस्था गरियो । अनि त्यो विशेष अधिकार के हो भन्ने कुराको अन्तिम व्याख्या गर्ने अधिकार पनि संसद् नै हुनुपर्छ भनेर अमुक व्यक्तिका लागि, अमुक पात्रका लागि हिजो संसदको शक्तिको चरम दुरुपयोग गरियो । शक्तिको चरम दुरुपयोग भएको कारण यहाँका नेपालीहरूको सक्रिय प्रतिरोध र विरोध भयो । तर पनि जबरजस्ती पारित गरियो । यस विषयमा अब सम्मानित अदालतमा मुद्दा जाने विश्वास छ, जानुपर्छ पनि। र सम्मानित अदालतले पनि यस्ता विषयमा, जहाँ कार्यपालिकाले संविधान र कानुनले दिएको आफ्नो अधिकार क्षेत्र मिच्छ, जहाँ न्यायपालिकाले आफ्नो सीमा नाघ्छ, वा जहाँ व्यवस्थापिकाले अधिकार क्षेत्र मिच्छ, त्यहाँ बोल्नैपर्छ ।’

कार्यपालिका, न्यायपालिका वा व्यवस्थापिका जसले आफ्नो क्षेत्राधिकार मिचे पनि त्यस्तो अवस्थामा न्यायपालिकाले हस्तक्षेप गर्नुपर्नेमा उनले जोड दिएका छन् ।


प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?