Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२६ कार्तिक २०८३, बिहीबार
२६ कार्तिक २०८३, बिहीबार

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री नआए संसद बैठक बिहष्कार गर्छौं: काँग्रेस


नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री नआए संसद बैठक बिहष्कार गर्छौं: काँग्रेस

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रमबारे जवाफ दिन पनि प्रधानमन्त्री बालेन्द्र साह उपस्थित नभए संसद बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम छलफल गरियोस भन्ने प्रश्ताव पेश गर्न हुने तर त्यसको जवाफ प्रधानमन्त्री साह आफैँले दिनुपर्ने धारणा काँग्रेस नेता अर्जुननरसिंह केसीले राखेका छन् । उनले प्रधानमन्त्री साहले संसदलाई उपेक्षा गरेको विषयमा भने आपत्ति जनाए । नेता केसीले प्रधानमन्त्रीको अनुपस्थितिमा कुनैपनि विषय संसदमा टेबुल गर्न कुनै पनि मन्त्रीले गर्न सक्ने व्यवस्थामा नियमावलीमा भएकाले त्यसलाई रोक्न आवश्यक नभएको बताएका छन् ।

उनले भने,‘प्रधानमन्त्रीले संसदीय परम्परा र मान्यताहरुको एकपछि अर्को उपेक्षा गर्नुभएको भन्ने आम रुपबाट हाम्रो धारणा हो । खास गरेर अहिले हामीहरु जो उभिरहेका छौँ । हामी सोही धारणाबाट अभिप्रेरित भएर उभिएका हौँ । जब प्रधानमन्त्रीजीको उपस्थितिको माग गरिएको छ । अहिलेसम्मको संसदीय परम्पराको कुरा म यतातिरका साथीहरुलाई पनि आकर्षित गर्न चाहन्छु कि कुनैपनि कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनैपनि मन्त्रीले प्रधानमन्त्रीले टेबुल गर्ने कुरा गर्नु हाम्रो परम्परा हो । र सभामुखले भन्न खोज्ने भएको धारा ३८ को ब्याख्या पनि त्यही हो । त्यसैले मैले सभामुखज्युमार्फत माननीयज्यूहरुलाई मैले के अनुरोध गर्नं चाहन्छु भने प्रधानमन्त्रीबाट संसदको उपेक्षा भयो भन्ने साथीहरु हुनुहुन्छ । अहिले प्रश्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रश्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन । तर जवाफ दिने बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने हामी बाध्य भएर संसद बहिष्कार गर्छौं ।’

सांसद केसीले प्रधानमन्त्री साहको अनुपस्थितिमा कुनैपनि विषय मन्त्रीहरुले संसदमा टेबुल गर्ने कुरा संसदीय परम्परा पनि भएकाले त्यसलाई अवरोध गर्न नमिल्ने पनि स्मरण गराएका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?