Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो


काठमाडौँ । धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ चैत मसान्तसम्म नेपालको धितोपत्र बजारमा उल्लेखनीय विस्तार देखिएको हो । अघिल्लो चैतमा धितोपत्र बजार पुँजीकरण पनि ४४ खर्ब २५ अर्ब पुगेको थियो । कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा बजार पुँजीकरणको अनुपात ७१.३८ प्रतिशतबाट बढेर ७३.२३ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड मा सूचीकृत कम्पनीहरूको संख्या २७० बाट बढेर २९४ पुगेको छ । तीमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १०३ जलविद्युत कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन् ।
धितोपत्र बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरूको हिस्सा सबैभन्दा बढी ५०.२ प्रतिशत रहेको छ । त्यसपछि जलविद्युत कम्पनीहरूको हिस्सा १७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.८ प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, व्यापारिक संस्थाको ४.४ प्रतिशत, होटल क्षेत्रको ३.३ प्रतिशत तथा अन्य समूहको ८.५ प्रतिशत हिस्सा रहेको छ ।

०८२ चैत मसान्तसम्म नेप्सेमा सूचीकृत ९ अर्ब ४८ करोड कित्ता शेयरको चुक्ता मूल्य ९३३ अर्ब ८९ करोड पुगेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कुल १ खर्ब ३२ अर्ब ३६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । यसमध्ये ४५ अर्ब ५४ करोड बराबरको साधारण शेयर३९ अर्ब ८९ करोड बराबरको बोनस शेयर, ९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर २७ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड ३ अर्ब ४५ करोड बराबरको डिबेन्चर ९७ करोड १७ लाख बराबरको एफपीओ तथा २ करोड २९ लाख बराबरका अन्य धितोपत्र रहेका छन् ।

त्यसैगरी समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल ४१ अर्ब ५३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले २७ अर्ब २३ करोड बराबरको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड बराबरको साधारण शेयर, ४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, २० करोड बराबरको डिबेन्चर तथा ५ करोड बराबरको एफपीओ निष्कासनका लागि स्वीकृति दिएको जनाएको छ ।


प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?