Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा बोलाउन सभामुखसँग काँग्रेसको आग्रह


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रुलिङ गर्न आग्रह गरेको छ ।

प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा काँग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री सदनमा अनुपस्थित रहेको भन्दै आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री आफैले प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन सदनमा उपस्थित हुनुपर्ने बताएका छन् । उनले संसदको गरिमा जोगाउने जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा बोलाउन आग्रह गरेका छन् ।

राईले भने, ‘हिजो हामीले प्रधानमन्त्रीको सदमा उपस्थिति खोजेका थियौँ, आज पनि अवस्था उस्तै छ । सदनमा मैले प्रधानमन्त्री देखिरहेको छैन, उहाँ आफैले बनाएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसुची आज देखिएको छ, तर सदनमा प्रधानमन्त्रीज्युलाई हामीले देख्न सकेनौँ । सदनको गरिमा बढाउने र ईज्जत राख्ने भुमिका सभामुखको हो । हजुर हाम्रो नायक पनि हो । तपाईंले सदनको ईज्जत राख्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र ईज्जत राख्न सक्दैन । त्यसैले सभामुख मार्फत सम्माननीय प्रधानमन्त्रीज्युलाई रुलिङ गरेर सभामा बोलाउन अनुरोध गर्दछु ।’

उनले महाभियोग बाहेक अरु अवस्थामा संसदमा न्यायधीश र न्यायलयको बारेमा बहस गर्न नपाईने बताएका छन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले मंगलवार संसदको रोष्टम प्रयोग गरेर न्यायधीशको आलोचना गरेको भन्दै उहाँले असन्तुष्टी जनाएका छन् । उनले रास्वपा संविधानभन्दा माथी हो ? भन्दै प्रश्न उठाएका छन् । उनले सभामुखलाई असंवैधानिक गतिविधि रोक्न ध्यानाकर्षण समेत गराएका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?