Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२४ कार्तिक २०८३, मंगलवार
२४ कार्तिक २०८३, मंगलवार

कार्यालयमै प्रहरी पुगेर व्यवसायीलाई मन्त्रालय लैजानु अस्वभाविकः व्यवसायी शर्मा


काठमाडौँ । निर्माण व्यवसायी रमेश शर्मा सोमवार बिहान १० बजे काठमाडौँको सीतापाइलास्थित आफ्नै कार्यालयमा थिए । निर्माण कम्पनी–शर्मा एण्ड कम्पनीका सञ्चालक रहेका उनलाई त्यही बेला उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा तीन जना प्रहरीको टोली लिन आयो र भन्यो, ‘तपाईंलाई लिएर आउनू भन्ने मन्त्रीको आदेश छ । शहरी विकास मन्त्रालयमा जानुपर्यो ।’

शर्माले प्रहरीको आग्रह मान्दै सिंहदरबार गएका उनकोकार्यालयमै प्रहरी पुगेर शर्मा पक्राउ परेको खबर एकएक फैलियो । जसकारण निर्माण व्यवसायी वृत्तमा एकाएक तरंग फैलियो । शर्मा र अर्का निर्माण व्यवसायी पीताम्बर बडूलाई ‘पक्राउ गरिएको’ समाचार बाहिरिए ।

घटनाबारे प्रतिक्रिया दिँदै निर्माण व्यवसायी रमेश शर्माले आफूलाई पक्राउको शैलीमा नभई ‘मिटिङका लागि’ मन्त्रालय लगिएको दाबी गरेका छन्  । उनकाअनुसार केही फोनको जवाफ नदिएको भन्दै प्रहरी टोली कार्यालय पुगेको थियो ।

‘मलाई केही फोनहरू आउँदा रेस्पोन्स हुन सकेनछ । त्यसपछि ‘मिटिङमा लिन आएको’ भनेर लगियो र शहरी विकास मन्त्रालयमा ह्यान्डओभर गरियो,’ शर्माले भने ।

उनले प्रहरी टोलीले सभ्य व्यवहार गरेको दाबी गरे पनि कार्यालयमै प्रहरी पुगेर व्यवसायीलाई मन्त्रालय लैजानु अस्वाभाविक भएको बताएका छन् ।

‘पहिला मैले पुर्जी–सुर्जी के छ भनेर सोधेँ । उहाँहरूले ‘मन्त्रालयमा ह्यान्डओभर मात्रै हो’ भन्नुभयो,’ उनले भने ।

शर्माकाअनुसार उक्त दिनको मुख्य छलफल नौबिसे–मुग्लिन सडक आयोजनाबारे छलफल भयो । बैठकमा निर्माण सामग्रीको अभाव, डिजेल र बिटुमिनको मूल्यवृद्धि तथा नदीजन्य सामग्री उत्खननमा देखिएका समस्याबारे सरकारसँग छलफल भएको उनले बताए। हाल बिटुमिन आयातमा समस्या रहेको र मूल्य अत्यधिक बढेको शर्माले बताए ।

‘मुख्य छलफल नौबिसे–मुग्लिन सडकबारे भएको थियो। हामीले पनि त्यहाँका समस्याबारे कुरा राखे । अहिले त्यो क्षेत्रमा स्थानीय सामग्री उठाउन पाइएको छैन । विशेषगरी नदी दोहन रोक्ने लगायतका विषयका कारण समस्या भएको छ । नियमअनुसार ईआईए गरेर, सरकारी राजस्व तिरेर अन्य क्रसर उद्योगले सामग्री उठाउन पाउँछन् भने हामीले पनि त्यो अवसर पाउनुप¥यो भन्ने कुरा राखेँ,’ उनले भने ।

उनले भने,,‘अहिले नेपालमा बिटुमिन ल्याउन निकै गाह्रो भएको छ । मैले सरकारलाई जी–टु–जी माध्यमबाट भए पनि बिटुमिन आयातलाई केही सहज बनाइदिन आग्रह गरे । अहिले अत्यधिक मूल्यवृद्धि भएको छ । गल्फ वारभन्दा अघि बिटुमिनको मूल्य ८५–९० थियो भने अहिले १९० पुगेको छ । त्यस्तै डिजेल १३५–१३७ बाट २३७ रुपैँया पुगेको छ । यी दुवैको प्रभावले निर्माण व्यवसायीहरू पनि नडुबून् र देशको पूर्वाधार निर्माण पनि नरोकियोस् भन्ने कुरा रह्यो ।’

शर्माले निर्माण व्यवसायी महासंघले सरकारसँग संयुक्त रूपमा समाधान खोज्न आग्रह गरेको बताउँदा सरकारले नसुनेको बताउँदै प्रहरी लगाएर व्यवसायी उठाएर लैजानु गलत भएको बताएका छन् । उनकाअनुसार सरकारले पनि विकास निर्माणको काम छिटो अघि बढाउन व्यवसायीहरूसँग सहकार्य चाहेको सोमबारको छलफलमा सन्देश दिएको थियो ।

सरकारको ढुकढुकी पूर्वाधार समयमा बनोस् भन्ने रहेको आफूले पाएको बताउँदै शर्माले त्यसमा होस्टेमा हैंसे गर्न तयार रहेको बताएका छन् । सरकारले पक्राउ गरेर हिरासतमा राखेको भन्ने हल्ला फैलिएका बेला शर्माले भने त्यसलाई इन्कार गरेका छन् । उनले आफूलाई हिरासतमा नराखिएको पनि स्पष्ट पारेका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?