Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

वन्यजन्तुको आक्रमणमा परेकाहरुले मुलुकमा सरकार नै नभएको जस्तो अनुभुति गरिरहेका छन्ः इन्दिरा रानामगर


वन्यजन्तुको आक्रमणमा परेकाहरुले मुलुकमा सरकार नै नभएको जस्तो अनुभुति गरिरहेका छन्ः इन्दिरा रानामगर

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले झापालगायतका तराईका विभिन्न जिल्लामा हात्ति आतंक बढदै गएको उल्लेख गर्दै नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेकी छिन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले जंगलमा छेउका मानिसहरुका लागि सरकार नै नभएका अनुभुति भईरहेको समेत बताइन् । सांसद रानाले वनपालेको समेत अभाव हुँदा जंगले छेउमा बस्ने नागरिकहरु जंगली जनावरको आक्रमण गर्ने गरेकाले त्यस्ता अवस्था नआउने गरी सरकारले उचित व्यवस्था गर्नुपर्ने बताएकी छिन् ।

उनले भनिन्,‘झापा अर्जुनधारा वडा नम्बर २ मा दिनेश पराजुलीलाई जंगली हात्तीको आक्रमणबाट गम्भिर घाइते भई अस्पतालमा भर्ना भएको म जानकारी गराउन चाहन्छु । झापा मात्रै होइन, तराइका विभिन्न भेगहरुमा हात्ती आक्रमणका कारण मानिसहरु आतंकित भईराखेका छन । यसलाई तत्कालीन सरकारले मानव र वन्यजन्तुको सहअस्तित्वको व्यवस्था गर्न म ध्यानाकर्षण गराउन चाहन्छु । त्यस्तै गरेर सामान चिजहरु लाईटका कुराहरु, माईकिङका कुराहरु पनि व्यवस्था नभएका र पालेहरु पनि थोरै भएको कारणले गर्दा एउटा सरकार नै नभएको अनुभूति भईराखेको छ जंगलको छेउमा बस्ने हाम्रा जनताहरुलाई । यसको पनि म ध्यानाकर्षण गरााउन चाहन्छु ।’

त्यस अवसरमा उनले हालै झापा अर्जुनधाराका दिनेश पराजुली जंगली हात्तिको आक्रमणमा परी गम्भिर घाइते भएको जानकारी गराउँदै उहाँको उपचारको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइन् ।


प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?